रोकिएन तनहुँमा चितुवा आतंक व्यास नगरपालिकामा आमा र छोरा घाईते
दमौली खबर संवाददाता
दमौली १३ भदौ । तनहुँमा चितुवाको आक्रमणबाट व्यास नगरपालिका–११ राम्चेडिही, पातीघारी बस्ने वर्ष ४९ को दिलमाया गुरुङ र उहाँको नौ वर्षिय छोरा शङ्कर गुरुङ घाईते हुनु भएको छ । सव डिभिजन कार्यालय व्यासका प्रमुख नारायणप्रसाद कोईरालाले जानकारी दिनुभयो ।
घरको पिढीमा सुतिरहेको अवस्थामा आइतबार राती १२ः ३० बजे आक्रमण गरी घाईते बनाएको र घाईतेको दमौली अस्पतालमा उपचार गरी घर फर्किएको जानकारी उहाँले दिनुभयो । घाईते आमा र छोरा स्वास्थ्यमा सुधार भईरहेको र खतरामुक्त रहेको वडा सदस्य गोकुल दुराले जानकारी दिनुभयो । हाल तनहुँमा नरभक्षी चितुवाको निरन्तर आक्रमण गरिहेको छ । बन्दीपुर गाउँपालिका–१ मा दुई महिनाको अवधिमा चार जना घाईते बनाउनुका साथै एक बालकको मृत्यु भईसकेको छ ।