तनहुँमा दुर्घटनमा हुँदा एकको मृत्यु १५ कर्मचारी घाईते

 तनहुँ भदौ १३ गते । तनहुँमा सोमबार साँझ भएका दुई दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । कर्मचारी बोक्ने वस दुर्घटना हुँदा १५ जना कर्मचारी घाईते भएका हुन् भने मोटरसाईल दुर्घटनामा चालकको मृत्यु भएको हो । पृथ्वीराजमार्गमा पर्ने दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ४०२३ नम्बरका कर्मचारी बस सोमबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका– १ गुणादीमा दुर्घटना हुँदा सो सङ्ख्यामा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो  ।
     दुर्घटनामा स्याङजाको  चापकोट –२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका ७ बस्ने जिल्ला प्रशासनमा खरिदारमा कार्यरत २६ वर्षीय विवश आचार्य, शुक्लागण्डकी ६ बस्ने नेपाल टेलिकम तनहुँका चालक ३८ वर्षीय पवन कुमाल, सोही ठाउँ बस्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ३७ वर्षीय हरिता श्रेष्ठ सख्त घाईते हुनु भएको छ । यसै गरी सख्त घाईते हुनेहरुमा  भिमाद नगरपालिका २ बस्ने जिल्ला प्रशासन कार्यालयको कार्यालय सहयोगी २५ वर्षीय रुपा थापा, पोखरा महानगरपालिका ५ बस्ने जिल्ला प्रशासन कार्यालय तनहुँका खरिदार ३९ वर्षीय प्रेमकुमारी थापा, म्याग्दे गाउँपालिका २ बस्ने ५८ वर्षीय अर्जुनसिह घर्ती, पोखरा महानगरपालिका ३३ बस्ने ५५ वर्षीय जगन्नाथ आचार्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेको दमौली स्थित रत्नहरी अस्पताल र गंभिर घाईते हुनेहरुलाई थप उपचारको लागि पोखरा लगिएको छ । तनहुँमा कार्यरत कर्मचारीहरु चढेको उक्त बस ५ बजे मात्रै दमौलीबाट पोखरा गएको थियो ।
 बस दुर्घटना हँुदा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते मध्ये गम्भिर रहेका ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्यको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो  । तिब्र गतिमा गुडेको  बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको अनुमान छ  । बस चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो ।
     यसैगरी शुक्लागण्डकी नगरपालिका–८ लालिमामा सोमबार साँझ ७ः ४५ बजे मोटरसाईकल दुर्घटना हुुँदा सोही ठाउँका २५ वर्षिय चेतमान सिंह आलेको मृत्यु भएको छ । दुलेगौंडाबाट लालिमा जाँदै गरेको ग १० प ६४५७ नम्बरको मोटरसाईलकमा सवार चालक मृत्यु भएको प्रहरीले जनाएको छ
     मोटर साईकल आफै अनियन्त्रिक भई पल्टनजाँदा गंभिर घाईते हुनु भएका आलेको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा त्यहाँका चिकित्सके ८ः ५८ बजे मृत घोषणा  गरेको ट्राफिक प्रमुख नेपालले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button