व्यासको ३४ औं नगर सभा आज

जिल्लाको अभिभावकको रुपमा चिनिने व्यास नगरपालिकाको आज ३४ औं नगर सभा हुने भएको छ । नगरसभामा चालु वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम समिक्षा प्रस्तुत,संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत, संशोधित आर्थिक विधेयक २०७७ प्रस्तुत, संशोधित विनियोजन विधेयक २०७७ प्रस्तावहरु पारित गरिने भएको छ । त्यस्तै सभामा वडा सिमाना हेरफेरको प्रस्ताव पनि गरिने बताईएको छ । नगरपालिको सबै भन्दा ठूलो वडा रहेको व्यास १ विभाजन गर्ने विषय उठ्दै आएको छ । त्यस्तै व्यास ६ नं वडाको र अन्य वडाको सीमाका विषयमा पनि बहस हुने बताईएको छ । नगरसभा दुई दिन चल्ने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button