इस्लाम समुदायले पैगम्बर मोहम्मदको जन्मजयन्ती धुमधामसँग मनाए

दमौली । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरि मुस्लिम समुदायले बुधबार धुमधामसँग मनाएका छन् । गण्डकी प्रदेशका मुस्लिम समुदायले यसपर्वको अवसरमा सामाजिक कार्य समेत गरेर मनाएका छन् ।

दुई वर्ष सम्म कोरोनाको कहरले गर्दा जयन्ती मनान नपाईएको र यस पटक संक्रमण कम भएकोले हर्षाेउल्हासका साथ मनाइएको गोरखाको हरमटारी स्थि रजा मस्जिदका अध्यक्ष वर्गतुल्हा मियाले बताए । टोल वस्तीको सफा गरी नजिकको मस्जिदमा भेला भएर शुभकामना आदान गरिएको उनले बताए । मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४३ चलिरहेको छ ।

जगत्को सृष्टिदेखि नै पवित्रस्थलमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थिए । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ । कुरान अवतरित भएपछि यहाँ अरु धर्मावलम्बी कम भए । अनि इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button