व्यास नगरपालिका–४ दमौलीमा स्केट पार्क सञ्चालन, पार्कमा खेल्नेहरुको भीड

दमौली खबर संवाददाता

दमौली, असोज २२

व्यास नगरपालिका–४ दमौली, मस्जिद नजिकै दमौली स्केट पार्क निर्माण गरिएको छ । भानु –१३ घर भई हाल दमौली बस्ने मुस्तफा मियाले करीव ६० लाखको लगानीमा पार्क सञ्चालनमा ल्याउनु भएको हो ।

बालबालिकाहरु मोबाईलमा भुल्नु भन्दा स्केट पार्कमा खेल्दा उनिहरुको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने भएकोले सञ्चालनमा ल्याईएको सञ्चालक मियाले बताउनुभयो । पार्कमा खेल्ने खेलाडीहरुको भीड लागेको छ । एक घण्टाको एक सय ५० रुपियाँमा छ भने थप एक घण्टा थप सय रुपियाँ खेल्ने व्यवस्था गरिएको हो ।

दिनभरी खेलेको पाँच सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । पाँच वर्ष देखि माथिका सबैले पार्कमा खेलेर मनोरञ्जन लिन सक्नेछन् । दमौलीमै पार्क सञ्चालन गरिएपछि स्केट खेलका पारखीहरु टाढा धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button