उपनिर्वाचनमा तनहुँका उम्मेदवारले ३१ लाख खर्च गर्न पाउने

दमौली खबर संवाददाता

दमौली, चैत २३

तनहुँका उम्मेदवारले उपनिर्वाचनमा ३१ लाख रुपियाँ सम्म खर्च पाउने भएका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनमा उमेदवारले खर्च गर्न पाउने रकमको अधिकतम हद तोके अनुसार सो रकम खर्च गर्न पाउने भएका हुन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आयोगले उमेदवारले खर्च गर्न पाउने अधिकतम हद निर्धारण गरेको छ । आयोगका अनुसार चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का उमेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । तनहुँ क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ निर्धारण गरिएको छ । तोकिएको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आयोगले आग्रह गरेको छ । निर्वाचन खर्चको विवरण उमेदवार वा उमेदवारका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button