बिपीको मेलमिलाप नीतिले गठबन्धन निर्माण भएको नेता पौडेलको भनाई

दमौली खबर संवाददाता
तनहुँ, भदौ २३ गते । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अनुरुप गठबन्धन भएको बताउनु भएको छ ।
१०९ औं वीपीजयन्तीको अवसरमा नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको ‘जनताको साथमा काँग्रेस अभियान’ पहिलो चरणको समापनको क्रममा शुक्रबार वरिष्ठ नेता पौडेलले समापन गर्दै बताउनु भएको हो । देशमा स्थायित्व कायम गर्न बिपीको आर्दश र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने उहाँको जोड थियो ।
बिपीको विचारलाई व्यवहारमा पालना गर्न नसक्ने पार्टी भित्रकै केही नेताको अन्तरर्घातका कारण पार्टी कमजोर भएको उहाँले बताउनुभयो । ‘रुखबाट फाईदा लिने र रुखलाई नै ढाल्ने अन्तरघात मौलाएको छ त्यसको अन्त्य गरिनु पर्छ’ नेता पौडेलले भन्नुभयो । मंसिर ४ गते हुने निर्वाचनमा अन्तरघात नगरीकन पार्टीका सबै कार्यकर्तालाई हातेमालो गरेर निर्वाचन सफल गराउने अभियानमा सरिक हुन समेत नेता पौडेलले आग्रह गर्नुभयो । तनहुँमा काँग्रेसकै कारण विकासले गति लिएको र ठुला ठुला योजना परेको पौडेलले बताउनुभयो ।
 काँङ्ग्रेसका विचारको प्रभाव र ओझको बिरुद्ध केही काङ्ग्रेसकै नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालबाट प्रतिकृया दिनु दुखद् भएको काङ्ग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो । देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विकले लोकतन्त्रलाई बचाउनको लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
 कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति जीतप्रकाश आले, निर्वतमान सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला सचिव सहदेव अधिकारी लगायतले गुट उपगुटमा नलागी काँग्रेसका उम्मेदवारलाई जिताउन चुनावी अभियान लाग्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button