गाउँपालिकाको सहयोगमा विपन्न बालबालिकाले पढ्ने अवसर पाए

दमौली खबर संवाददाता

दमौली, कात्तिक २०

तनहुँको एक पालिका विपन्न बालबालिकाले गाउँपालिकाको सहयोगमा पढ्ने अवसर पाएका छन् । यस्तो अवसरमा पाउनेमा आँबुखैरेनी गाउँपालिका बालबालिका रहेका छन् । कोही पनि विद्यार्थी आर्थिक अभावले शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर अध्ययनको लागि सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँकार्यपालिकाको २०८० साल साउन १९ गते विपन्नको लागि आर्थिक सहयोग गर्ने निर्णय बमोजिम सहयोग प्रदान गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकामा स्थायी बसोबास गर्ने आर्थिक रुपमा कमजोर रहेको गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने निर्णय भएको चुमानले बताउनुभयो । चुमानका अनुसार चेपाङ जातिका विद्यार्थीहरुलाइ गास, बास र आवास सहित माध्यमिक तहसम्मको अध्ययनमा लाग्ने सम्पुर्ण खर्च पालिकाले जिम्मा लिने र सो बापत वार्षिक ६० हजार उपलब्ध गराउने भनि निर्णय गरे अनुसार रकम प्रदान गर्न थालिएको छ । यस क्रममा वडा नम्बर ३ स्थित रामशाह माविमा अध्ययनरत आँबुखैरेनी गाउँपालिका वडा न‍ ५ निवासी अमृत चेपाङलाइ पहिलो किस्ता ४ महिना वापतको रकम बुधबार प्रदान गरिएको छ ।

यता आँबुखैरेनी गाउँपालिकाका सबै जनप्रतिनिधिका छोराछोरीले सामुदायिक विद्यालयमा पढ्न कार्य कार्यान्वयनमा ल्याईसकिएको छ । गाउँ कार्यपालिकाको चालु शैक्षिक सत्रदेखि जनप्रतिनिधिले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरे बमोजिम कार्यान्वयनमा ल्याईएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो ।

सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउन, शिक्षाको गुणस्तर उकास्न र शिक्षा सबैका लागि समान धारणाको विकास गर्न भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । राज्यले सामुदायिक विद्यालयमा लगानी गरेअनुरूपको प्रतिफल प्राप्त नभएकाले सुधारका लागि दबाब दिने उद्देश्यअनुरूप सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय कार्यान्वयनमा ल्याईएको गाउँपालिकाले जनाएको छ ।

शैक्षिक गुणस्तर वृद्धि गर्न र सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउनका यस निर्णयले मद्दत पुग्ने विश्वास लिएका छौँ, अध्यक्ष चुमानले भन्नुभयो । जनप्रतिनिधिका छोराछोरीले सरकारी विद्यालयमा पढ्न थालेपछि खस्कँदै गएको शैक्षिक अवस्थामा सुधार भई सहज र सुलभ रूपमा पढ्ने वातावरण कायम हुने विश्वास गाउँपालिकाको छ । सरकारी विद्यालयको अवस्थामा सुधार ल्याउनका लागि राज्यको नेतृत्व गर्ने मानिसले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन थालेपछि दृष्टिकोणमा समेत परिवर्तन आउन थालेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकामा ३२ जना जनप्रतिनिधि रहेको र उहाँहरुले निर्णयलाई कार्यान्वयनमा ल्याउनु भएको शर्माले जानकारी दिनुभयो । पालिकामा ३५ वटा सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button