तनहुँ प्रहरीको व्यारेक, हिरासत कक्ष तथा चमेनागृह भवनको उद्घाटन प्रहरी सेवालाई प्रभावकारी बनाउन ध्यान दिईएको प्रहरी अतिरिक्त महानिरिक्षक सिंहको भनाई

दमौली खबर संवाददाता

दमौली, फागुन २

नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक पुजा सिंहले प्रहरी सेवालाई चुस्त दुरुस्त आधुनिक र प्रभावकारी बनाउने विषयलाई प्रहरी प्रधान कार्यालय लागि परेको बताउनु भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीको हाताभित्र निर्मित व्यारेक, हिरासत कक्ष तथा मेस भवनको उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।

सिंहले अपराध अनुसन्धान, शान्ति, सुरक्षा ट्राफिक व्यवस्थापन तथा विपत व्यवस्थापन र उद्धार कार्यमा नेपाल प्रहरीले अग्रपक्तिमा रहेर काम गरेको बताउनुभयो । साथै उहाँले महिलाहरु प्रहरी सेवा लागेर कुशलता प्रर्दशनी गरिरहेको र पुरुष सरह काम गर्न सफल भएको बताउनुभयो । ‘मैले पनि ३० वर्षे जागिरको दौरान यो पद सम्म आइपुगें मैले जस्तै अन्य महिलाहरुले सफलता हासिल गर्न सक्छन्’’ सिंहले भन्नुभयो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश पोखराका प्रहरी नायव महानिरिक्षक वुद्धिराज गुरुङले नेपाल प्रहरीको भौतिक संरचना जे जस्तो भएपनि नेपाल र नेपलाी जनताको शान्ति सुरक्षामा कटिवद्ध भएर लागेको बताउनुभयो ।

तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नेपाल प्रहरी सुशासन कार्यम नभई सुशासन नहुने भएकाले प्रहरीले अपराध नियन्त्रण लागुऔषध नियन्त्रण तथा समाजमा देखिएको विकृति र विसंगती हटाउन नेपाल प्रहरीको योगदान रहेको बताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्री लगायलते प्रहरी समुदायकै एक अंग रहेको बताउनुभयो । व्यारेक, मेस र हिरासतको निर्माण कार्य ३ करोड ४६ लाख ५ हजार १ सय ६५ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको तीनवटै भवनको एआइजी सिंह लगायतको टोलीले निरिक्षण गरेको थियो ।

तीन वटा नयाँ भवन निर्माण पछि प्रहरीलाई सेवा प्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय तनहुँका अवदेश विष्टले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button