म्याग्दे गाउँपालिकामा प्रवक्ता चयन बिवादमा गाउँपालिकालाई एमालेको पार्टी कार्यालय बनाउन खोजेको आरोप

दमौली खबर संवाददाता

तनहुँ, फागुन २ गते

तनहुँको म्याग्दे गाउँपालिकामा प्रवक्ता चयनमा बिवाद भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नियम विपरित चयन गरेको भन्दै कार्यपालिकाका बहुसख्यक सदस्यले बिरोध गरेपछि बिवादमा परेको हो ।

अध्यक्ष श्रेष्ठले एकलौटी तरिकाबाट प्रवत्ता चयन गरेको भन्दै उपाध्यक्ष बालकृष्ण घिमिरेले मङ्गलबार विज्ञप्ती नै जारी गरेर विरोध गर्नु भएको छ । घिमिरेले विज्ञप्तीमा सर्वसम्मत निर्णय प्रक्रिया हुँदै आएकोमा एक्कासी कुनै पनि सरसल्लाह विना एकलौटी रुपमा गाउँपालिकाका अध्यक्षबाट पालिकाको प्रवत्ता तोकिएको जानकारी गाउँपालिकाको वेबसाईट र फेसबुक पेजबाट देखिन आएकोले यस कार्यको घोर भत्र्सना गर्दै निर्णय तत्कालै सच्चाउन अनुरोध गर्नु भएको छ । यो नेकपा एमालेको पार्टी कार्यालय नभई म्याग्दे गाउँपालिका भएको कुरा अवगत गराउँदै बहुमत कार्यपालिकाको सदस्यलाई कुनै जानकारी बिना भएको यस एकलौटी निर्णय प्रक्रियाको घोर भत्र्सना गर्दछु भनि उपाध्यक्ष घिमिरेले जारी विज्ञप्तीमा जनाईएको छ ।

म्याग्दे अध्यक्षमा नेकपा एमालेका श्रेष्ठलाई चयन गरिएको भएपनि उपाध्यक्ष सहित कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ । एमालेबाट टिकट प्राप्त गरि गाउँपालिका अध्यक्ष सहित ३ वटा वडामा विजय हासिल गरेका छन् । हिजोका दिनसम्म सर्वसम्मतीमा निर्णय प्रक्रिया टुङ्गोमा पुग्ने र पु¥याउने हुँदै आएकोमा आज एक्कासी कुनै पनि सरसल्लाह विना एकलौटी रुपमा गाउँपालिका अध्यक्षवाट गाउँपालिकाको प्रवक्ता तोकीएको कुरा गाउँपालिकाको वेवसाईटमा र गाउँपालिकाको फेसवुकवाट देखीन आएकोले यस कार्यको घोर भत्सना गर्दै यो निर्णय तत्काल सच्याउन अनुरोध विज्ञप्तीमा उपाध्यक्ष घिमिरेले गर्नु भएको छ । ‘‘यो नेकपा एमालेको पार्टी कार्यालय नभै म्याग्दे गाउँपालिका भएको कुरा अवगत गराउँदै वहुमत कार्यपालिकाको सदस्यलाई कुनै जानकारी विना भएको यस एकलौटी निर्णय प्रक्रियाको घोर भत्सना गर्दछु’’ विज्ञप्तीमा भनिएको छ । यसवाट आगामि दिनमा हुने समस्याहरुको पात्र गाउँपालिका अध्यक्ष नै भएको जानकारी गराउँछु भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै यस प्रवक्ता चयन गर्ने विषयमा कुनै जानकारी तथा छलफल नगरि अध्यक्षसँगकै ब्यक्तिगत लहडमा प्रवक्ता चयन गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रति पनि आपत्ती प्रकट गर्दछु भनि विज्ञप्तीमा जनाईएको छ । आगामी दिनमा प्रशासकीय कार्य एकलौटी ढङ्गवाट अगाडि बढाउन खोजे त्यसको जवाफदेही गाउँपालिका अध्यक्ष स्वयं हुने चेतावनी विज्ञप्तीमा दिईएको छ । गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जारी विज्ञप्तीमा वडा नम्बर १ का वडाध्यक्ष मणीभद्र वाग्लेलाई गाउँ कार्यपालिका र गाउँ सभाको निर्णय सार्वजानिक गर्नको लागि प्रवक्ताको जिम्मेवारी तोकिएको जनाईएको छ । अध्यक्ष श्रेष्ठले नियम सङ्गत नै प्रवक्ताको जिम्मेवारी दिएको बताउनुहुन्छ । अध्यक्षले कांग्रेसबाट विजयीलाई प्रवक्ताको जिम्मेवारी दिन नमान्ने र उपाध्यक्ष सहित बहुसङख्यक कार्यपालिकाका सदस्यले एमालेलाई प्रवक्ताको जिम्मेवारी दिन नमानेपछि प्रवक्ता चयनमा ढिलाई भएको थियो ।

एकैदिन दुईवटा पत्र म्याग्देबाट जारी भएका छन् । अध्यक्षद्धारा प्रवक्ता चयन भएको जारी गरिएको छ भने उपाध्यक्षद्धारा प्रवक्ता चयनलाई कार्यान्वयनमा नल्याउन पत्र बनाईएको छ । कार्यपालिका बैठकबाट निर्णय गर्नुपर्ने विषय एकलौटी ढङ्गबाट गरिएको उपाध्यक्ष घिमिरेले बताउनुभयो ।

त्यस्तै, यस बिवाद वडा नम्बर ६ वडा कार्यालय उद्घाटनमा आफू प्रमुख अतिथि हुन नपाएपछि आक्रोशमा अध्यक्ष श्रेष्ठले एकलौटी रुपमा आफ्नो शक्ति प्रयोग गर्नु भएको हो । तर स्थानीय स्वायक्त शासन सञ्चालन ऐन अनुसार प्रवक्ता चयन गर्दा कार्यपालिकाको बैठकबाट वा सभाबाट निर्णय गर्नुपर्ने व्यवस्था छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button