शिसुवा भतेरी कृषि सहकारीको सकरात्मक कार्य

सहकारी नाफा मुलक हुनु भन्दा पनि सेवा मुलक बन्दै आय आर्जनमा टेवा पु¥याउनु पर्छ । नेपालका अधिकांश सहकारीले नाफा कमाउने प्रमुख उद्धेश्य लिएको देखिन्छ । नाफा कमाउने होडबाजी गर्ने सहकारीको भिडमा तनहुँको व्यास नगरपालिका–१० दुम्सी स्थित शिसुवा भतेरी कृषि सहकारीले सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गरेको नमुना काम गरिरहेको छ । यस सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ । सोही ठाउँको मादीनदीको किनार नजिकैको शिसुवा भतेरीमा रहेको बाँझो जमिनमा सामुहिक खेती गरी आय आर्जनमा सहकारीले सहयोग पु¥याउनु सकरात्मक कार्य हो । सहकारीले सामुहिक खेती सुरु गरेपछि आफ्नो जमिन नभएर आलु तथा धान लगाउन अँधिया गर्न खेत खोज्दै जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसिमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयको लागि सामुहिक खेती गर्ने अवसर दिएको छ । विपन्नको आयआर्जनको लागि वडा कार्यालयले १० वर्षको लागि सो सार्वजानिक जग्गा निशुल्क प्रयोग गर्न दिएपछि पाँच वर्ष अघि देखि सामुहिक खेती सुरु गरेर नौलो काम गरिरहेको छ । निम्न आय भएका कृषकलाई सहकारीमा आवद्ध गराएर आयवृद्धिको लागि गर्नको लागि विभिन्न तरकारी, धान तथा माछा पोखरी सहकारीले आयआर्जनमा टेवा पु¥याएको छ । १२ माछा पोखरीबाट वार्षिक रुपमा दुई लाखको माछा विक्री गरि नाफा कमाउन समेत सफल भएका छन् । अरु सहकारीले पनि नाफा कमाउने भन्दा विपन्नको आयआर्जनमा कसरी मद्धत पु¥याउन सकिन्छ त्यसमा ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button