डि–ल्याड युथ क्लबद्वारा आयोजित फुटबल प्रतियोगिता सुरु

दमौली खबर संवाददाता

दुम्सी, फागुन १

तनहुँको व्यास नगरपालिका– १० स्थित डि–ल्याड युथ क्लबले एक लाख राशीको सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले । उद्घघाटन गर्नुभयो । सो अवसरमा न्यौपानेले खेलका माध्यमबाट युवाहरूको व्यक्तित्व विकास गर्दै जाने र व्यावसायिक खेल तर्फ लाग्न उत्प्रेरित गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । क्लवले विगतका वर्षदेखि नै खेललाई निरन्तरता दिएको र अन्य गतिविधिमा समेत अग्रणी भएर कार्य गरेकामा आगामी दिनमा यसलाई निरन्तरता दिँदै थप नेतृत्व विकासमा अग्रसर हुन र उक्त कार्यमा व्यास नगरपालिकाले सदा सहयोग गर्ने नगर प्रमुख न्यौपानेको भनाई थियो ।

क्लवको मागबमोजिम खेलमैदान स्तरीकरण, प्याराफिट निर्माण र पार्क निर्माण कार्यमा व्यासनगरपालिका सकारात्मक रुपमा अगाडि बढ्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेलले वडामा अग्रणी स्थानमा रहेर विविध–गतिबिधि गरेको क्लबलाई वडाबाट हुन सक्ने सम्पूर्ण सहयोग हुने र युवाहरूको खेलमार्फत हुने शारीरिक मानसिक एवं संवेगात्मक विकासमा वडा कार्यालयले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले युवाहरूको हरेक क्षेत्रको विकासका लागि स्थानीय तहले सहयोग पु¥याउनु पर्ने भन्दै खेलमैदान सुधार र प्याराफिट निर्माण एवं विद्युत तारलाई सम्बन्धित निकायसँग समन्वय गरी केही पर सार्न नगरपालिकाले तत्काल पहल गर्नुपर्ने जोडदार माग गर्नु भएको थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएको थियो । सचिव सुवास सापकोटाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथीहरुलाई क्लबकी विष्णु रिजालले स्वागत गर्नु भएको थियो । उक्त प्रतियोगिताको मूख्य प्रायोजक व्यास नगरपालिका, सहप्रायोजकमा बाराही क्वाईरिज, रहेको छ ।

उक्त खेल फागुन ६ गते शिवरात्रीको अवसरमा समापन गर्ने तालिका रहेको क्लबका अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो । उद्घाटनको पहिलो खेल शिव माविले डि ल्याडलाई १,० ले हराउँदै विजयी भयो । दोस्रो खेल व्यास ७ बोटेटारको समृद्धि क्लबले र मिरर एफ सीलाई २,० ले हराएको खेल संयोजक सुवास सापकोटाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button