भुकम्प प्रभावितलाई राहत र पुनस्थापनामा ढिलाई नगरौ

दमौली खबर संवाददाता

भुकम्पको पिडामा १० वर्ष पुरा नहुँदै नेपालले फेरी भोग्नु परेको छ । २०७२ भुकम्पको पिडा पनि यस भुकम्पले सम्झाएको छ । कात्तिक १७ गते राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी १५७ जनाको ज्यान गइसकेको छ भने दुई सय भन्दा बढी घाइते भएका छन्।् । भुकम्पको पिडा जाजरकोट र रुकुम पश्चिमसँगै सारा नेपाल रोएको छ । स्थानीय प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार, रुकुम पश्चिममा दुई हजार एक ६६ र जाजरकोटमा नौ सय ३७ घरमा पूर्ण क्षति पुगेको छ । त्यस्तै रुकुम पश्चिममा चार हजार ६७० र जाजरकोटमा दुई हजार ९५४ घरमा सामान्य क्षति पुगेको छ । यस्तै जाजरकोट र रुकुम पश्चिमसँगै आसपासका जिल्लामा पनि भौतिक संरचनामा क्षति पुगेको छ। रुकुम पूर्वमा पाँच घरमा पूर्ण रुपमा र ११८ घरमा आंशिक क्षति पुगेको छ । क्षतिको विवरण संकलन यतिबेला धमाधम भईरहेको छ । सल्यानमा २५ घरमा पूर्ण रुपमा र ९७ घरमा आंशिक, रोल्पामा १७ घरमा आंशिक, नवलपरासी पूर्वमा एक घरमा आंशिक, दैलेखमा एक घरमा पूर्ण रुपमा र एक घरमा आंशिक, दाङमा ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण रुपमा तथा प्युठानमा २९ घरमा आंशिक क्षति पुगेको तथ्याङ्कमा देखिएको छ । घाईतेको उपचार, राहत, पुर्नस्थापना सरकारले जे जति गरेको छ सन्तोष जनक गरेको छ । सरकारले मात्रै गर्न कठिन हुन्छ । थोपा थोपा गरेर सागर हुन्छ भने जस्तै सबै नेपालीले सहयोग गरेर घाउमा मलम लगाउनु पर्दछ । एउटा नेपाली अर्को नेपालीलाई दुख्नु पर्छ । पीडितको आँखाको आँशु पुच्छको लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु आवश्यक छ । यस पीडालाई सम्झिएर भुकम्प प्रतिरोधी संरचना बनाउन विशेष ध्यान दिन आवश्यक छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button