आज देखि दोस्रो पाटन महोत्सव सुरु हुने गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री आलेले उद्घाटन गर्ने

दमौली खबर संवाददाता

दमौली, असोज २४

व्यास नगरपालिका –५ पाटनमा आज देखि दोस्रो पाटन महोत्सव हुने भएको छ ।

असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको सबै तयारी पुरा भएको मुल समारोह समितिका अध्यक्ष अमर थापाले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू रमेश प्रसाईं देखि कल्पना दाहाल आउने भएका छन् । महोत्सवमा असोज २५ गते संजिव सिंह राना , २६ गते राजु परियार , २७ गते प्रीति आले , २८ गते ज्योति मगर , २९ गते कर्णराज गिरि , ३० गते एलिना चौहान आउने तय भएको छ । यस्तै कात्तिक १ गते बिन्दु परियार , २ गते सुप्रिम मल्ल , ३ गते रमेश प्रसाईं र कल्पना दाहाल तथा ४ गते श्याम राना आउने महोत्सवका व्यवस्थापक अजित राइले जानकारी दिनुभयो । महोत्सव आयोजकले स्थानीय व्यवसायीहरू लाई लक्षित गरि स्टलमा ३० प्रतिशत छुटको व्यवस्था गरेको , कृषि क्षेत्रलाई प्राथमिकता दिन तथा दसैंको मुखैमा भएको महोत्सव भएकोले खसी बोकाको लागि स्टल छुट्टै राखिने व्यवस्था मिलाएको समेत व्यवस्थापक राइले जानकारी दिनुभयो ।

महोत्सव आयोजकले महोत्सव स्थल भित्र खुल्ला भलिबल प्रतियोगिता समेत आयोजना गरेको र प्रतियोगितामा प्रथम तथा द्धितिय हुने टिमलाई क्रमश ५० हजार र ३० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले उद्घाटन गर्नु हुने भएको छ ।

Show More

Related Articles

Back to top button