विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धि प्रशिक्षण

दमौली खबर संवाददाता

दमौली, चैत ७ गते

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो । काठमाण्डौँको मनमोहन मेमोरियल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छात्रा गंगा खनालले किशोरावस्थामा आउने शारिरिक र मानसिक परिवर्तन र यसले निम्त्याउन सक्ने मानसिक समस्या र यसबाट बच्ने उपायहरू बारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। साथै सो अवसरमा विद्यालयलाई ५०० वटा सर्जिकल मास्क हस्तारण गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button