सौन्दर्य व्यवसायी संघमा मन्जु

दमौली खबर संवाददाता

तनहुँ सौन्दर्य व्यवसायी संघ तनहुँमा मन्जु पियाको अध्य १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । नव गठित समितिको उपाध्यक्षहरुमा विष्णु थापा, गंगा श्रेष्ठ, बिमला विजुक्छे श्रेष्ठ, सचिवमा आसी गुरुङ, कोषाध्यक्षमा सुकु गुरुङ, सहसचिवमा रेवती गुरुङ चयन हुनु भएको छ । त्यस्तै समितिको सदस्यहरुमा अनुषा खड्का, हसिना हुसेन, वर्षा आले, सविना गुरुङ, मुन्नी खातुन, आरती थापा, आसिका दुलाल हुनुहुन्छ । संघको सातौ अधिवेशन तथा दशौं साधारण सभाले नयाँ कार्य समिति चयन गरेको निर्वाचन संयोजक निर्मला मल्लले जानकारी दिनुभयो । उक्त अधिवेशनको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख दरैले सौन्दर्य व्यवसायीहरुले समाजमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । निवर्तमान अध्यक्ष धनमाया पौडेलको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷०७९ को आयव्यय विवरण सार्वजनिक गरिएको थियो । कोषाध्यक्ष गुलाबी मल्ल ठकुरीले आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । अधिवेशनको अवसरमा समयको माग अनुसारको सीपहरु प्रदान गर्नको लागि स्थानीय सरकारले सहयोग गर्नु आवश्यक रहेको कुरामा वक्ताहरुले जोड दिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button