स्विटर पाएपछि विद्यार्थी फुरुङ्ग

आबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले चिसोमा न्यानो स्विटर पाएका छन् । युवा व्यवसायी अभियान श्रेष्ठले विद्यालयका १ सय १४ जना विद्यार्थीलाई बुधबार स्विटर वितरण गरेका हुन् । कक्षा १ देखि १२ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई स्विटर वितरण गरेको श्रेष्ठले बताए । जाडोमा विद्यार्थीलाई न्यानोका लागी स्विटर दिएको उनको भनाई छ । ६० हजार रुपैंया बराबरको स्विटर वितरण गरिएको हो । चिसोमा न्यानो स्विटर पाएपछि विद्यार्थीहरु फुरुङ्ग भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button