भानु नगरपालिकाद्धारा गर्भवतीलाई निःशुल्क भिडियो एक्सेर सेवा

दमौली खबर संवाददाता

भानु, माघ २ गते ।

आमा र शिशु दु्वै स्वास्थ्य सुरक्षा गरी मातृशिुशु मृत्यु दर घटाउन तनहुँको गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिने भएको छ ।

भानु नगरपालिकाले गर्भवतीलाई प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा निःशुल्क दिने निर्णय गरेको हो । आमा र बच्चा दुवैको स्वास्थ्य सुरक्षाको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्ने निर्णय भएको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । ‘सेवा पाएपछि गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या भएमा समाधान गर्न सहज हुने भएकोले सेवा दिने निर्णय गरेका हौं’ नगर प्रमुख त्रिपाठीले भन्नुभयो ।

वडा नम्बर १ सालबिस्ने स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा सुविधा प्रदान गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुआत गरिएको नगरपालकाले जनाएको छ । सो केन्द्रमा गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पु¥याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एश्वर्यचन्द्र भट्टराईले बताउनुभयो । सुविधा प्रदानसँगै भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको वडा नम्बर १ की वडाध्यक्ष कान्छीमाया तामाङ बताउनुभयो । सुविधा प्रदान गर्न सालबिस्ने स्थित स्वास्थ्य केन्द्रलाई भिडियो एक्सरे मेशिन नगरपालिकाले एक कार्यक्रमबीच हालै प्रदान गरेको छ । स्वास्थ्य शाखा प्रमुख भट्टराई र वडाध्यक्ष तामाङले मेशिन प्रदान गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button