उद्यमशिलता जिविकोपार्जनमा टेवा पु¥याउन वित्तिय साक्षरता प्रदान

दमौली खबर संवाददाता

दमाली, माघ २२ ।

सिवाइसी नेपाल दमौली शाखाको आयोजनामा केन्द्र प्रमुख उप–प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता विषयक अन्तरक्रिया कार्यक्रम आईतबार दमौलीमा गरिएको छ ।

विक्तिय साक्षरता प्रदान गरी वित्तिय सचेतना, उद्यमशिलता जिविको पार्जनको लागि सीप प्रदा गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो । साक्षरता कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले लघुवित्तले ग्रामिण भेगमा रहेका सामान्य आय भएका मानिसहरुलाई उद्यमी बनाउन जागरुक बनाउन मद्धत पु¥याउनु पर्ने बताउनुभयो । साथै उहाँले विश्वासनिय ढंगले काम गरी यस्ता सचेतना कार्यक्रमले आत्मनिर्भर बन्ने बानीको बिकास हुनुका साथै सक्षम, नेतृत्व विकास र समाज रुपान्तरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवम संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले सिवाईसी नेपालले समुहमा रहेका सदस्यको समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । सिवाइसीले ऋण लगानी र वचतको मात्र कारोवार नगरी महिलाहरुको क्षमता विकास, उद्यम विकास, तथा विभिन्न सेवा सुविधा लिएर अगाडी बढिरहेको उहाँको भनाई थियो । सो अवसरमा उत्कृष्ट वचत कर्ता, वाल वचतकर्ता, उत्कृष्ट ऋृणी, लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको हो । सदस्यहरुको तर्फदेखि धारणा संकलन गर्दे अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सहजीकरण सिवाइसी वित्तिय बैँकका प्रवन्धक संगिता शर्माले गर्नु भएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button