बैनी बलत्कार कसुरमा जन्मकैदको फैसला

दमौली खबर संवाददाता

तनहुँ, असोज १८  गते

तनहुँ अदालतले नाबालिका सहोदर बैनीलाई बलात्कारको अभियोगमा तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षिय दाईलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार ८ वर्षिय सहोदर बैनीलाई जबरजस्ती करणी गरेकोले जन्मकैदको फैलला भएको र अभियुक्त बालक भएकाले ५० प्रतिशत छुट गरी १४ वर्ष ६ महिना कैद हुने गरी फैसला भएको छ । आरोपितले बैनीलाई २०७८ साल चैत्र २५ गते बलत्कार गरेको भन्दै पीडितको आमाले इलाका प्रहरी भानुमा उजुरी दिनुभएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आबुखैरेनी गाउँपालिका ६ सेप्राङ घर भई भानु नगरपालिका ९ बडहरे बस्ने २६ वर्षीय कर्णबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा भानु नगरपालिका स्थित प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले मास्कीलाई पक्राउ गरिएको हो ।

 

Show More

Related Articles

Check Also
Close
Back to top button