जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र तनहुँलाई बधाई

दमौली खबर संवाददाता

सम्मानले राम्रो काम गर्नेलाई हौंसला मिल्दछ । राम्रो काम गर्नेलाई मानसम्मान र कार्य सम्पादन राम्रोसँग नगर्नेलाई दण्ड जरिवाना गरिनु पर्छ । उत्कृष्ट काम गर्नेलाई सम्मान गर्न सकिएन भने काम गर्न जति रुपमा जाँगर आउने हो त्यति आउँदैन । राम्रो काम गर्नेलाइृ प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पुरस्कृत गर्ने गरेको छ । यस पटक पनि तनहुँले पुरस्कार हात पारेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ यो जिल्लाको लागि खुसीको कुरा हो । विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा केन्द्र प्रथम भई पुरस्कार हात पारेको छ । आर्थिक बर्ष २०७९÷८० को प्रदेश स्तरीय बार्षिक समिक्षामा विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा तयार गरिएका सेवा मापदण्ड मुल्याङकनमा गण्डकी प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम भई तनहुँलाई चिनाउन सफल भएको छ ।

सेवा प्रवाह चुस्तदुस्त राख्न कार्यालयले आगामी वर्ष पनि ध्यान दिनु पर्दछ । तनहुँका विभिन्न कार्यालयले पुरस्कार पाउँदै आएका छन् । गत वर्ष कृषि ज्ञान केन्द्र पुरस्कुत भएको थियो भने यस पटक जिल्ला आर्यूर्वेद स्वास्थ्य केन्द्रले नाम राख्न सफल भएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउन सबै कार्यालयले ध्यान दिनु पर्दछ । सरकारको काम कहिले जाला घाम भनेर ठग्ने काम गर्नुहुँदैन । नेपालको विकासको गतिलाई तिब्र रुपमा बढाउने क्रममा सेवा प्रदायक कार्यालय मितव्ययी ढंगले गर्नु पर्दछ भने भने सहज र सरल तरिकाले सेवा पाउने व्यवस्था गर्नु पर्दछ ।

 

Show More

Related Articles

Back to top button