डेङ्गु नियन्त्रण गर्न तनहुँ रेडक्रसले थाल्यो अभियान

दमौली खबर संवाददाता

तनहुँ, असोज १९  गते

रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको अभियानमा पनि जोडिएको छ ।

तनहुँमा डेंगुले महामारीको रुप लिएपछि अभियानमा जोडिएको हो । सङ्क्रमण रोक्न नेपाल रेडक्रस सोसाइटी तनहुँले डेङ्गु विरुद्धको एक महिने अभियान थालेको छ । जिल्लामा डेङगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले चासो राख्दै अभियान थालेको छ । अभियान असोज १५ देखि सुरु भएको र आगामी काक्तिक १५ गते सम्म सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले जनाएको छ ।

रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । अभियानको क्रममा विद्यालयक शिक्षक, विद्यार्थी, जूनियर÷युवा रेडक्रस सर्कललाई पाँच पटक अभिमूखि कार्यक्रम, घरघरमा १५० जना स्वएम् सेवक परिचालन गरी सचेतना सम्बन्धि सूचना प्रवाह गर्ने, समुदाय स्तरको जनचेतनाको लागि उपशाखाका स्वायसेवकक, स्वास्थ्य स्वएम्सेविका, आमा समुह, युवा क्लब र वडा प्रतिनिधीहरुलाई एक पटक अभिमुखिकरण कार्यक्रम अघि सारिएको नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य तथा जिल्ला सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले बताउनुभयो । सरोकारवालासँग समन्वय वैठक एक पटक, खोज र नष्ट गर सरसफाई अभियानमा १२० जना स्वाएम् सेवक परिचालन गर्ने, त्यसैगरी विभिन्न इलेक्ट्रोनिक्स सञ्चार माध्यममा रेडियो कार्यक्रम, जिंगल र माइकिङ समेत गरिने, सूचना, सञ्चार तथा व्यवहार परिवर्तन सम्बन्धि सामग्री निर्माण र छपाई गर्ने कार्यक्रम तय भएको सभापति गौतमले जानकारी दिनुभयो । रेडक्रस सोसाइटीहरुको अन्तर्राष्ट्रिय छाता सङगठन आइएफआरसिको आर्थिक सहयोगमा अभियान सुरु गरिएको रेडक्रस तनहुँले जनाएको छ ।

अभियानमा स्वास्थ्य सचेतनालाइ प्राथमिकता दिइने रेडक्रस तनहुँका महामन्त्री सूयचन्द्र हड्खलेले जानकारी दिनुभयो । कार्यक्रमको सम्बन्धमा रेडक्रस तनहुँले बिहीबार सरोकारवालाहरुसँग बैठक गर्नुका साथै डेङ्गुबाट बच्ने उपायको बारेमा जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयमा वैठक गरी सुरक्षा निकाय, चिकित्सक, स्थानीय तहका कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी, जिल्लाका विभिन्न कार्यालयका प्रमुखलाई जानकारी प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले परिक्षणको शुल्कमा एकरुपता, अस्पतालमा बेडको क्षमता थप गर्ने, बढी प्रभावित क्षेत्रमा घरदैलोमा पुगि सचेतना जगाउने कार्यक्रम गरिएको र जोखिम कायम नै रहेकोले निरन्तरता दिनु पर्ने बताउनुभयो । रेडक्रसले विपतमा परेकाहरुको उद्धार, राहत र पुर्नस्थापन कार्यक्रममा सहयोग संगै पछिल्लो समयमा उच्च संक्रमणको जोखिममा रहेको जिल्लामा डेगु नियन्त्रण र रोकथाम अभियान सञ्चालन गरेकोमा प्रजिअ रिजालले धन्यवाद दिनु भएको थियो । तनहुँमा डेङ्गुबाट चार जनाको मृत्यु हुनुका साथै बिहीबार सम्म तीन हजार सात सय ७९ जनामा डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सङ्क्रिमत मध्ये ८६ प्रतिशत व्यास नगरपालिकाको रहेको अधिकारीले बताउनुभयो । रेडक्रसले अभियानको फोकस पर्सनको रुपमा रेडक्रस तनहुँ शाखाका वरिष्ठ शाखा अधिकृत शिवकाजी पियालाई जिम्मेवारी तोकेको छ ।

बासस्थान ध्वस्त पारी लार्भालाइ नष्ट गर्ने अभियानमा सञ्चालन गरिने छ । दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले डेङगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा सहभागीले सहकार्य गरेर रेडक्रससँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा व्यास नगरपालिकाका वरिष्ठ आन्तरिक लेखापरिक्षण अधिकृत कुमारकञ्चन जिसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेल, रेडक्रस तनहुँको उपसभापति नारायणी अधिकारी, कोषाध्यक्ष प्रतापसिंह अधिकारी, सहकोषाध्यक्ष हरि सिग्देल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, पूर्व अध्यक्ष ओमकार आचार्य , प्रकाशचन्द भट्टराई लगायतले यो प्रजातिको लामखुट्टेको लार्भा सफा र जमेको पानीमा विकशित हुने भएकाले त्यस्तो स्थानको विशेष निगरानी गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । कोभिडको समयमा पनि रेडक्रसले अभियान चलाएको थियो ।

Show More

Related Articles

Check Also
Close
Back to top button