व्यास नगरपालिकाद्धारा अपाङ्गता भएकालाई घरमै परिचय पत्र प्रदान

दमौली खबर संवाददाता

दमौली चैत ८ गते

तनहुँको एक पालिकाले अपाङ्गता भएकालाई घरदैलोमा नै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको छ । पूर्ण अशक्त भएकाहरूका लागि घरघरमा र अन्यका हकमा वडा कार्यालयमा पुगेर परिचयपत्र वितरण गरेको हो ।

नगरपालिकाले खोजी खोजी परिचयपत्र बितरण गरेपछि अपाङ्गता भएकाहरु खुसी भएका छन् । “परिचयपत्र बनाउने चाहाना भएपनि हिडडुल गर्न नसक्दा बनाउन पाएको थिईन घरमै आएर दिँदा सजिलो भयो खुसी लागेको छ’’ रातो कार्ड प्राप्त गर्नु भएकी वडा नम्बर १२ की ५४ वर्षिय चिजामाया क्षत्रीले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई आवत जावतको लागि समस्या लाग्ने, सवारी रिर्जव गर्नुपर्दा खर्च धेरै लाग्ने हुँदा झन्झटिलो नहोस् भनेर घरदैलोमा नै पुगेर वितरण गरिएको व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित केही समय अघि एकीकृत शिविर घरदैलोमा नै सेवा पु¥याईएको दरै बताउनुहुन्छ ।

महिला, बालिका तथा समाजकल्याण उपशाखाको अधिकृत राधा आचार्यले क वर्गको पूर्ण अशक्तलाई घरमै पुगेर प्रदान गरिएको जानकारी दिनुभयो । हाल सम्म आठ सय पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button