पर्यटकको बसाइ लम्ब्याउन उज्ज्यालो बन्दीपुर कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता

तनहुँ, चैत ८

पर्यटको बसाई लम्बाउन तनहुँको बन्दीपुर गाँउपालिकाले ‘उज्यालो बन्दीपुर कार्यक्रम’ शुरु गरेको छ । बन्दीपुर बजार यस आसपासको पर्यटकीय स्थलमा रहेका सबै सडकमा सडक बत्ती जडान गरी उज्यालो बनाउन बन्दीपुर बनाउन लागेको हो । करिब आठ फिट अग्लो पोल गाडेर सडक बत्ती जडान गरिएको छ भने आर्कषक ढुङ्गा बिच्छाउन थालिएको छ ।

पर्यटन प्रवद्धृनको लागि बिजुलीको तार भूमीगत गरी ढुङ्गा बिच्छाएर आर्कषण बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सत्र वटा सडक बत्ती जडान गरिदिएको यस थप विस्तार गर्नको लागि पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत २० लाख बिनियोजन गरी अन्य स्थानमा सडक बत्ती राखिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्बर ३ रामकोटमा यसैबर्ष ढुङ्गा बिच्छाउन थालिएको छ । उक्त कार्यका लागि रु.आठ लाख बजेट बिनियोजन गरिएको अध्यक्ष थापाले बताउनुभयो । यसैगरी ढुङ्गा बिच्छाउनको लागि बन्दीपुर बजार स्थित बिन्धवासिनी मन्दिरबाट भैंसेखारको लागि १० लाख, बिन्धवासिनीबाट टुँडिखेलको लागि १० लाख र मोरियामा ढुङ्गा विच्छाउन ७ लाख रुपियाँ बजेट बिनियोजन गरिएको छ । त्यसैगरी आगामी बर्ष बन्दीपुर–५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसा लगायतका स्थानमा ढुङ्गा बिच्छाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्वेश्यले क्यू आरकोडको व्यवस्था गरिएको उनले बताए । मोबाइलमा स्क्यानिङ गरेपछि बन्दीपुरमा रहेका पर्यटकीयस्थलहरुको सजिलै देख्न सकिने छ । मुख्य बजारमा क्यू आरकोड राखिसकिएको छ भने अन्य पन्ध्र स्थानमा राख्ने तयारी भैरहेको छ ।

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुर भक्तपुरे शैलीमा बनेका इँट्टाका मौलिक घर बन्दीपुरको आकर्षण हो । निकै पुरानो र ऐतिहासिक बन्दीपुर कोलाहलमुक्त छ । यहाँको भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी र तीनधारे प्रसिद्ध छन् । अन्नपूर्ण, धवलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ हिमचुचुरा बन्दीपुरको टुँडिखेलबाट अवलोकन गर्न सकिन्छ । विश्वप्रसिद्ध चीनको ग्रेटवालको झल्को दिने गरी बनाइएको मुकुन्देश्वरी पर्खालले पनि आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउँछ । बन्दीपुर साहसिक पर्यटक लक्षित बन्दीपुर–धरमपानी तीन किलोमिटरको साइकल लेनसमेत बनाइएको छ । केबुलकार निर्माण अन्तिम चरणमा पुगेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button