स्थानीय वासिन्दाको सक्रियतामा सेरामा बन्यो आर्कषण मन्दिर

दमौली खबर संवाददाता
दमौली, मंसिर १५ । स्थानीय वान्सिदाको सक्रियतामा व्यास नगरपालिका–११ सेरामा मनकामना आश्रम बनाईएको छ । आश्रममा विभिन्न देवी देवताहरुको मन्दिरहरु निर्माण गरिएको छ । चन्दा संकलन तथा सप्ताह ज्ञान महायज्ञमा दान संकलन गरि आश्रम निर्माण गरिएको हो ।
     आश्रममा आज मनकामना देवीको प्राण प्रतिष्ठा तथा शतचण्डी महायज्ञको कार्यक्रम आयोजना गरिएको छ । यि दुवै कार्यक्रमको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुहुने भएको छ । मंसिर १६ देखि २२ गते सम्म महायज्ञ हुने आश्रमका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । पहिलो दिन मंसिर १६ गते विहान ११ बजे कलश यात्रा र झाँकी पर्दशन, भजन किर्तन घाँसीकुवा देखि आश्रम सम्म गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीका अनुसार दिउँसो १ बजे नगर प्रम्ुखले कार्यक्रमको उद्घाटन गर्नुहुने भएको छ । महायज्ञमा मूल वाचकमा गुणराज गोविन्द शरण देव रहनु भएको आश्रमका सचिव कृष्ण गिरीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button