अन्नपूर्ण कृषि सहकारी सस्थाको अध्यक्षमा पण्डित

दमौली खबर संवाददाता

दमौली, कात्तिक २०

व्यास नगरपालिका –१ अम्रेनी टोलमा अवस्थित अन्नपूर्ण कृषि सहकारी सस्थाको साधरण सभा सम्पन्न भएको छ । सभाले शिवदत्त पण्डितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा मनहरी काफ्ले, सचिव भरतराज भण्डारी, कोषाध्यक्षमा दीपकराज काफ्ले र सहसचिवमा एकबहादुर राना चयन हुनु भएको छ । नव गठित समितिको सदस्यहरुमा जमुना ओझा, सोमराज न्यौपाने, सरिता काफ्ले, लोकमाया पण्डित, बिमला पण्डित, हरिप्रसाद तिवारी चयन हुनु भएको छ । यसैगरी लेखा समितिको संयोजकमा लावण्यप्रसाद पण्डित चयन हुनु भएको निर्वाचन संयोजक शिवराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रम सस्थाका निर्वतमान अध्यक्ष भानुभक्त पण्डितको अध्यक्षतामा भएको थियो । कार्यक्रम समाजसेवी चन्द्रकान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।

Show More

Related Articles

Back to top button