सांसद बन्न तनहुँ कांग्रेसमा १३ जनाको दरखास्त

दमौली खबर संवाददाता

दमौली, चैत १२

तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा आकांक्षी धेरै देखिएका छन् । सांसद बन्ने चाहाना राख्दै १३ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन् ।

शुक्रबार ६ जना र शनिबार ७ जनाले उम्मेदावारी दिनु भएको छ । केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधीहरु रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य र आँबुखैरेनी सभापति विष्णु पन्तले शुक्रबार दरखास्त दिनु भएको क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिनुभयो । यसैगरी शनिबार संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति श्यामकुमार मौरती, पूर्व सचिव समुन्द्र गोदार र जिल्ला नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीले दरखास्त दिनु भएको उहाँले जानकारी दिनुभयो ।

उम्मेदवारी आकांक्षीसँग ६ हजार शुल्क लिईएको छ । तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ । उम्मेदवारी दिएका मध्ये सबैभन्दा सिनियर केन्द्रीय सदस्य भट्टराई भएकोेले उहाँले नै टिकट पाउने सम्भावना रहेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् । निर्वाचन आयोगले तनहुँमा वैशाख १० गते उपनिर्वाचनको मिति तोकेको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । चैत्र १८ गते निर्वाचन आयोगको कार्यालय स्थापना हुने र चैत्र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button