जग्गा एकिकरण आयोजनालाई सफल बनाऔं

दमौली खबर संवाददाता

गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु हुनु जिल्लाबासीको खुसीको कुरा हो । यो सुविधा पाउने भाग्यमानीमा नगरपालिकाले वडा नं. १० बैरेनी एकजुट भएर आयोजनालाई सफल बनाउन लाग्नु पर्दछ । बैरेनी जग्गा एकीकरण आयोजना सफल बनाएर नमुना प्रस्तुत गर्नुपर्छ । नमुना सहर बनाउन सकियो भने अध्यन अवलोकन गर्ने स्थलको रुपमा विकसित भई पर्यटन प्रवद्धनको लागि समेत टेवा पुग्दछ । व्यास नगरपालिकाले अन्य वडामा पनि यो विस्तार गर्नको लागि यस योजनाको महत्वपूर्ण हुन्छ । यो सफल भएमा अन्य वडामा फैलिने सम्भावना हुन्छ भने असफल भएमा अन्य वडावासीलाई चासो बढ्ैन । व्यवस्थित शहर निर्माण गरि सबै पूर्वाधारले विकास गरि गण्डकी प्रदेशकै नमूना शहर निर्माण गर्ने उदेश्यले बैरेनी क्षेत्रको एक लाख ३२ हजार ८ सय १४ वर्ग मिटर अर्थात २ सय ६१ रोपनी क्षेत्रफल ओगटेको छ । आयोजना भित्र सडक÷दल, स्लाब कल्र्भट, विद्युत प्रसारण लाइन तथा पोल र ढलको व्यवस्थापन लगायतका पूर्वाधार निर्माण गरिने बताईएको । आयोजनालाई सफल बनाएर देशैभरीको नमुना सहर बनाउन सबैजना कम्मर कसेर लाग्नु पर्दछ । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोग र नगर विकास कोषको १३ करोड ७२ हजार १ सय ६५ रुपैयाँको ऋण सहयोगमा दुई बर्ष भित्र सम्पन्न हुने बताईएको छ । व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेको सबल बस्ती विस्तारको यस कदमलाई सबैले साथ दिनुपर्दछ । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा टेवा पर्खाल निर्माणका लागि ८५ लाख ५८ हजार ९ सय ७० रुपैयाँको काम हुने बताईएको छ । उक्त आयोजना सम्पन्न गर्न नगर विकास कोषसंग भएको सम्झौता बमोजिम कुल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण तथा बाँकी ३० प्रतिशत व्यास नगरपालिकाद्धारा बेहोरिने गरि सञ्चालन गरिने जनाइएको छ । यस कार्यलाई आ–आफ्नो ठाउँबाट मद्धत पु¥याउनु आवश्यक छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button