सांसद भण्डारीद्धारा प्राथमिक उपचार तालिमको उद्घाटन

दमौली खबर संवाददाता

दमौली, चैत १९ गते

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारी दमौलीमा सञ्चालित स्वयंसेवकहरुका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिमको तालिमको उद्घाटन गर्नु भएको छ

नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा सञ्चालित तालिमको दमौलीमा शनिबार उद्घाटन गर्नु भएको हो । सो अवसरमा सांसद भण्डारीले यस्ता तालिमले ग्रामीण क्षेत्रहरुमा दुर्घटना हुँदा घाइते भएकाहरुलाई तत्कालै प्राथमिक उपचार प्रदानगर्न यस्ता तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यस्तो प्राथमिक उपचार तालिमलाई व्यापकता दिन सके घाइते तथा दैवीप्रकोपबाट पीडितहरुलाई समयमै उपचारमा सहयोग पुग्ने बताउनुभयो ।

स्वयंसेवक सम्बन्धी तालिममा जिल्लाभित्र रहेका २९ वटा रेडक्रस उपशाखाका १÷१ जना व्यक्तिहरुको सहभागिता रहेको छ । तालिमका सहभागीलाई प्रशिक्षक कृष्णचन्द्र पाण्डे, रामदत्त पौडेल र हरि सिग्देलले प्राथमिक उपचार सम्बन्धमा प्रशिक्षण दिनु भएको छ । रेडक्रस तनहुँका सहभागी प्रा.डा. कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्तिरमण वाग्ले, प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री, रेडक्रस तनहुँका मन्त्री सूर्यचन्द्र हडखले, रेडक्रसकी उपाध्यक्ष नारायणी अधिकारी लगायतकाले यस्ता तालिमले दुर्घटना वा दैवीप्रकोप बाट घाइते भएकाहरुलाई तत्कालै उपचार प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिम तीन दिन सम्म सञ्चालन हुने रेडक्रस तनहुँका वरिष्ठ अधिकृत शिवकाजी पियाले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button