सडक पेटि अतिक्रमण गरी राखिएको सामग्री नगर प्रहरीद्धारा बरामद

दमौली खबर संवाददाता

दमौली ,कात्तिक २०

तनहुँको व्यास नगरपालिकाले सडक पेटि अतिक्रमण गरी राखिएको सामग्री बरामद गर्न थालेको छ । नगरपालिकाले नगर प्रहरीद्धारा बरामद गर्ने कार्य भईरहेको छ ।

नगरपालिकाले सदरमुकाम दमौलीमा पर्ने वडा नम्बर २, ३ र ४ क्षेत्रमा अवस्थित तवरले फुटपाथ का पेटीलाई नै प्रभावित गर्ने गरि राखिएका सामानहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नगर प्रहरीले सडक पेटीमा अव्यवस्थित तरिकाले राखिएका सर सामग्रीहरूलाई जफत गरी व्यास–३ मा रहेको भतेरीमा खाल्डो खनि आईतबार विसर्जन गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमारकञ्चन जिसी, अधिकृत रामचन्द्र हड्खले, नगर प्रहरी सायक निरीक्षक आशिक परियार र पत्रकारको संयुक्त रोहवारमा उक्त सामग्रीहरू विसर्जन गरिएको हो । विसर्जन गरिएका सामग्रीहरुमा खेलौना, स्याउ , सुन्तला , नुन, च्याउ, गोलभेडा लगायतका दश थरि सामग्रीहरु रहेका थिए । व्यापारिहरुलाई पटक पटक सडक पेटिहरुमा पैदल यात्रु हरुलाई हिड्न समस्या पार्नेगरि नराख्न आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा वाध्य भएर ति सामाग्रीहरु उठाउन बाध्य हुनुपरेको नगर प्रहरी सहायक निरिक्षक आशिक परियारले बताउनुभयो । बरामद गर्ने कार्य निरन्तर जारी रहेको उहाँले बताउनुभयो ।

Show More

Related Articles

Back to top button