कृषि ज्ञान केन्द्र तनहुँद्धारा घरमै पुगेर कृषकलाई अनुदान

दमौली खबर संवाददाता

दमौली, माघ २५ गते । कृषि ज्ञान केन्द्र तनहुँद्धारा जिल्लाका एक जना विपन्न कृषकलाई घरमै पुगेर अनुदान दिईएको छ । अनुदानको कार्यक्रम के छ भन्ने कुराको पहुँचबाट टाढा रहेका ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगरलाई अनुदानमा मौरीको घार प्रदान गरिएको हो ।

पैसाको अभावले मुढे घारमा मौरी पालन गर्दै आउनु भएको थापा परिवार अनुदानमा मौरीको घार पाउनु भएपछि खुसी हुनु भएको छ । उहाँलाई प्रविधि प्रदर्शन कार्यक्रम अन्तरगत १० वटा आधुनिक मौरी घार बुधबार केन्द्रले हस्तान्तरण गरेको छ । कृषकको घर दैलोमा जाने क्रममा परम्परागत मुुढाको घारमा मौरी पालन गरिरहेको र अनुदानको तरिकाबारे जानकारी नभएको पाएको चाल पाएपछि बुधबार थापालाई घरमै पुगेर मौरीको घार हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । ‘‘अधिकांश टाठा बाठा कृषकहरु अनुदानको कार्यक्रमबाट लाभान्वित भएका छन्, सोझा साझा कृषकहरु फाइदा पु¥याउने उद्धेश्यले घरदैलोमा जाने क्रममा थापाको लगनशिलतालाई देखेर घरमै पुगेर सहयोग गरका हौं’’ तिवारीले भन्नुभयो ।

बोल्नेले मात्रै हैन बोल्न नसक्ने कृषकहरु पनि लाभान्वित गराउन पर्छ भन्ने ठानेर ५० हजार मूल्य बराबरको मौरी घार थापालाई प्रदान गरिएको तिवारी बताउनुहुन्छ । थापाले ५ वटा मुडाको घारमा मौरी पालन गर्दै आउनु भएको र उहाँलाई आवश्यक सीप प्रदान गरेर जीविको पार्जनमा मद्धत पु¥याईने केन्द्रले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button