व्यासमा चार घण्टा मात्र बैंक खुल्ने !

दमौली खबर संवाददाता

जिल्लाको सदरमुकाम दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था दिनको चार घण्टा मात्रै खुल्ने भएका छन् । कोरोनाको प्रकोप बढ्दै गएपछि जोखिम कम गर्न व्यास नगरपालिकाले दमौलीमा रहेका बैंक तथा वित्तिय संस्था बिहान १० बजे देखि २ बजे सम्म मात्रै खुल्ला राख्न पाउने निर्णय गरेको छ । विहिबार नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षता बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि सँग बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्लाको सदरमुकाम र बढी भिडभाड हुने बजारी क्षेत्र दमौलीमा कोरोनाको जोखिम उच्च रहेको भन्दै स्वास्थ्य मापदण्डको पालना गरि बिहान १० बजे देखि दिउँसो २ बजे सम्म बैंक तथा वित्तीय संस्था खुल्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । कोभिड–१९ को संक्रमणको संवेदनशिलतालाई मध्येनजर राखी वैंक तथा वित्तिय संस्थाहरुमा अनावश्यक भिडभाड नगर्न साथै यथासाक्य डिजिटल वैंकिङ प्रणालिको अधिकतम उपयोग गर्न सर्वसाधरणलाई नगरपालिकाले आग्रह गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button