तनहुँका ४२ जनाअपाङ्गता भएका व्यक्तिहरूले आयआर्जन वृद्धि सहयोग पाउने

दमौली खबर संवाददाता

दमौली, चैत १२ गते

रिसेड तनहुँले अपाङ्गता भएका व्यक्तिहरूलाइ स्वरोजगार बनि आयआर्जनमा सुधार ल्याउने उद्धेश्यले शुक्रबार दमौलीमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । उनीहरुले रोजेको सीप तथा साना उद्यम विकासका लागि आवश्यक सहयोग गर्नुपूर्व अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा ४२ जना सहभागी थिए ।

कार्यक्रमको उदघाटन व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले गर्नुभयो । सो अवसरमा अपांगता भएका व्यक्तिका संस्थाहरुले तनहुँमा गरेको कामको प्रशंसा गर्दै अपांगता भएका व्यक्तिहरुलाइ प्रत्यक्ष रुपमा फाइदा पुग्ने खालका कामगर्न सुझाव दिनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेधीले दोहोरो नपर्ने गरी सेवा सुविधा दिन सल्लाह दिनुभएको थियो ।

सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश, सामाजिक विकास कार्यालय, तनहुँको सहयोगमा १४ जना र व्यास नगरपालिकाको आर्थिक सहयोगमा २८ जना अपाङ्गता भएका व्यक्तिहरुले बाख्रापालन, कुखुरापालन, सुंगुरपालन, तरकारीखेती, किरानापसल, कम्प्युटर तालिमलगायतका स्वरोजगार मुलक व्यावसाय तथा सीप सिक्नको लागि रिसेड तनहुँले यस अभिमुखीकरणपछि व्यावसाय सुरु गर्न आर्थिक सहायता उपलब्ध गराउनेछ । व्यास नगरपालिकाका पशुरोग विशेषज्ञ डाक्टर मनोज विक, प्रतिमा बगाले र प्रताप गुरुङगले सहभागीहरुलाइ प्रशिक्षण दिनुभएको थियो । व्यास ८ निवासी अति अशक्त अपांगता हुनु भएका झलक विककी आमा हिरामाया विकले २ वर्ष अगाडी रिसेडको सहयोगमा १ वटा बाख्रा पाएको हाल ९ वटा बाख्रा भएको बताउनुभयो ।

सामाजिक विकास कार्यालय, तनहुँका प्रमुख विक्रम सुवेदीले अपांगता भएका व्यक्तिहरुको गरीव निवारण गर्दै आत्मनिर्भर बनाउन यो कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी वर्षमा पनि आर्थिक सुधार काकार्यक्रमलाइ निरन्तरता दिने बताउनु भयो । रिसेड तनहुँका अध्यक्ष पदमबहादुर परियारले पेशा सुरु गर्नुभन्दा अगाडी अभिमुखीकरण गरेको, सिप सिक्नको लागि विउँ पुँजी सहयोग गर्ने र त्यसपछि पनि प्राविधिकहरु मार्फत निरन्तर आवश्यक अनुगमन र सहयोग उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा इश्वर बाँस्तोला, सावित्री सुवेदीले पनि मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण किशोर न्यौपानेले गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button