युवा संघ तनहुँको अध्यक्षमा तिमिल्सना सर्वसम्मत चयन

दमौली खबर संवाददाता

दमौली, चैत १२

राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत चयन हुनु भएको छ । संघको बिहीबार सम्पन्न नवौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको हो ।

संघको उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा वसन्त पौडेल, उपसचिवमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा बीरबहादुर लामा चयन हुनु भएको । अधिवेशनको नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले उदघाटन गर्नु भएको थियो । सो अवसरमा बस्नेतले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले भविश्यमा सहकार्य नगर्ने बताउनुभयो । प्रचण्डले एमालेलाई धोका दिए जस्तै गरी कांग्रेसलाई धोका दिने दाबी बस्नेतले गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button