Trending

ढोर फुलबारीको सेवा सुचारु

शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित ढोर फुलबारी शहिद अस्पतालको सेवा आईतबारदेखी सुचारु भएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको पुष्टी भएपछि गत आईतबारदेखी अस्पतालको सेवा पुर्ण रुपमा बन्द थियो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरेर ६ जनाको पिसीआर परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि आईतबारदेखी अस्पतालको सेवा पुर्ववत् रुपमा सुचारु भएको अस्पतालकी प्रमुख डाक्टर प्रतिक्षा आलेले बताईन् । नगरपालिकाद्धारा सञ्चालित उक्त अस्पतालको सेवा बन्द हुदाँ त्यस क्षेत्रका बिरामी उपचारका लागी निजी स्वास्थ्य संस्थासंगै अन्यन्त्र धाउन बाध्य थिए । कोरोना संक्रमित स्वास्थ्यकर्मी अस्पतालकै आईसोलसनमा बसेकी छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button