राङरुङको आकाशमा प्याराग्लाइडिङ

भिमाद नगरपालिकाको वडा न ७ का विभिन्न स्थानबाट प्याराग्याइडिङ्ग उडानका लागि परिक्षण उडान गरिएको छ । विभिन्न सम्भावित पर्यटकीय स्थलहरुको पहिचान गरि विकास गर्ने योजनाको सहित प्याराग्लाइडिङको परीक्षण उडान गरिएको हो । वडाका फरक फरक स्थानमा उडान परिक्षण गरिएता पनि विहिबार पोखरीछाप स्थित विरथुङ्ग डाँडाबाट सफल परिक्षण उडान भएको हो । वडाको सम्भाब्यता पहिचान गरि पर्यटकीय रुपमा विकास गर्न प्याराग्लाइडिङको परिक्षण उडान गरिएको वडाध्यक्ष सुर्यकुमार श्रेष्ठले बताए । प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि यसको नियमित उडानका लागि विशेष पहल गरिने उनले बताए । उनले भने, “प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ, त्यसको निरन्तरता दिन हामी पहल चाल्ने छौँ ।”

उनले प्याराग्लाइडिङ ब्यवसायिक रुपमा उडान गर्नका लागि प्रकृया सुरु हुने जानकारी दिनुभयो । “विरथुङडाँडाबाट डेनमार्कमा ल्याण्ड हुने गरि सफल परिक्षण भएको छ” उनल भने । प्याराग्लाइडिङ उडानका लागि वडालाई नेपाल हवाई खेलकुद सस्था (ना)ले प्राविधिक सहयोग गरेको थियो । वडामा पर्यटकलाई आकर्षित गर्न नेवार समुदायको सस्कृति सहितको घरबास कार्यक्रम समेत राङ्गरुङ्गमा सञ्चालन गरिएको छ । करीब चार ठाउँमा गरिएको परीक्षण उडानमा सबैभन्दा राम्रो रुपसकाँडा रहेको प्याराग्लाइडर सागर कार्कीले बताए । उनले भने, “प्याराग्लाइडिङका लागि रुपसकाँडा उपयुक्त देखियो, राजमार्ग नजिकै भएकाले पनि यहाँ पर्यटक आकर्षित हुन सक्छन् ।”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button