पत्रकार महासंघको आज निर्वाचनः २३ पदमा ४२ उम्मेदवार भीड्दै

नेपाल पत्रकार महासंघ तनहँुको आज निर्वाचन हुदै छ । अध्यक्ष पदको लागि शेख मोहम्द हनिफ (गोरा मिया ) र उज्वल पौडेल चुनाबी मैदानमा उत्ररिएका छन् । मियालाई युनियन र प्रेस सेन्टरको समर्थनमा रहेको छ। उनको समुहबाट खुल्ला उपाध्यक्षमा धनपति अधिकारी, महिला उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा प्रताप राना मगर, सहसचिव खुल्ला तर्फमा प्रकाश अधिकारी,सहसचिव समावेशीमा मिलाकुमारी दरै, कोषाध्यक्षमा बिमला दवाडी चुवाब लड्ने भएका छन् ।प्रेस मञ्च र चौतारी समुहतर्फबाट उज्वल पौडेलले अध्यक्ष पदमा लड्दै छन् ।

उनि हाल पत्रकार महासंघ तनहँुका सचिव छन् पौडेल समुहबाट खुल्ला उपाध्यक्षमा समुन्द्र पौडेल,महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा कृष्णचन्द्र न्यौपाने,सहसचिव खुल्लामा ऋषिकान्त दुवाडी, समावेशी सहसचिवमा सुनिता आर्चाय, कोषाध्यक्षमा मदन तिमल्सेना लड्दै छन् । सदस्य खुल्लामा उपेन्द्र खनाल,किरण श्रेष्ठ, चित्रबहादुर गुरुङ,धुरवराज सुवेदी, प्रकृती खनाल,विनोद ढुङगना, रबिन्द्र कडँेल,राजेश्वर हडख्ले, विकास खनाल,विष्णु गौतम, श्रीहरी पौडेल,सुर्यभक्त पौडेड लड्दै छन् ।

चुनाबी मैदानमा महिला सदस्यमा बिन्दु वाग्ले र सुनिता थापा, जनजाती सदस्यमा राजकुमार श्रेष्ठ र सृजना राना, दलित सदस्यमा अशोक विश्वकर्मा र मुना कालिराज वि.के, समावेशी अन्यमा रामशरण नेपाली रहेका छन् । त्यस्तै केन्द्रिय परिषदको सदस्यमा अञ्जना तिमिल्सेना, ओमकार आर्चाय, वसन्ती बास्तोला,मनोरथ शर्मा, रामबहादुर घले र प्रदेश परिषद् सदस्यमा ईश्वरीप्रसाद ढकाल,दिवस तिवारी,पूर्णबहादुर वि.के, मदन वाग्ले, रघुनाथ पौडेल,रमेश विकल,रबिना ढकाल,राजकुमार श्रेष्ठ, राजिलाल श्रेष्ठ, शंकरराज नहर्की रहेका छन् । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् ।

गोरा मिया

हिजो हामीले राम्रो महासंघ हाम्रो महासंघ बनाउँछौं भनेर जुन अभियान थालेका थियौं, यसलाई पूरा गर्नुछ । पत्रकारको क्षमता अभिवृद्धि र अनुज पत्रकारलाई सवल बनाएर लैजान हाम्रो नेतृत्व जरुरी छ । पूर्ण प्रेस स्वतन्त्रता, पेशागत सुरक्षा, श्रमजीवी पत्रकारका हकहित स्थापितका लागि जुनखालको गठबन्धन भएर आएको छ, यो टिम सवल टिम आएको यो टिमले जित्ने हो भने आशाका किरण छरिनेछन् ।स्थानिय तहहरु सँग समन्वय र सहकार्य गदै मिडियाको समग्र विकास गर्ने छौं । पार्टी पत्रकारितालाई निरुत्साहित गरि व्यवसायिक पत्रकारिताको विकास गर्ने छौं ।

उज्वल पौडेल

नेपाल पत्रकार महासंघ तनहँुको उम्मेदवार दिँदै गर्दा जिल्लाका पत्रकारको प्रतिष्ठा अझै उचाइमा पु¥याउनुपर्ने पर्छ भन्ने कुरालाई मनभित्रै राखेको छु । मर्यादित पत्रकारिताको पक्षमा छु । आचारसंहिता पालना गर्ने पत्रकारिताको पक्षमा छु । मेरो विजयीले समग्र तनहँुको पत्रकारको गरिमा अझै माथि उठाउन मद्दत गर्नेछ । खासगरि फिल्डमा खटिने पत्रकारलाई चाहिँ प्रेरणा दिनेछ भन्ने विश्वास छ । मेरो योजना पत्रकारितामै केन्द्रित हुनेछ । हामीमाझ पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती छ । त्यसका लागि मैले तालिम फोकस गर्नेछु । सँगसँगै मेरो ठूलो ड्रिम प्रोजेक्ट भनेको हामै नेतत्वमा भव्य भवन बनाईएको छ, त्यसमा प्राण भर्न सुन्दर लाइब्रेरी बनाउने मेरो सपना छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button