नवलपुर अदालतको फैसला बिरुद्धमा कलाकार शाह उच्च अदालत जाने

दमौली खबर संवाददाता
बिन्जु अधिकारी
तनहुँ, भदौ २२ गते । अभिनेता पल शाहको मुद्धामा नवलपुर जिल्ला अदालतले गरेको फैसलका विरुद्धमा शाह उच्च अदालत जानु हुने भएको छ ।
  यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेकोले फैसलाको विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दर्ता गरिने शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता परशुराम गिरीले जानकारी ।  फैसला चित्त नबुझेमा उच्च अदालत जान पाउने प्रावधान भएकोले मुद्धा दर्ता गरिने उहाँले बताउनुभयो । जबरजस्ती करणी गरेको भन्नेमा अभियोग दाबी नपुगेकाले सफाई पाउने  र १८ वर्ष भन्दा मुनिको बालिका भएको कारणले गर्दा खेरी बालबालिका सबन्धि यौन दुरुपयोग सो सजाए फैसला भएको उहाँले जानकारी दिनुभयो । अभिनेता शाहको मुद्धामा तनहुँ जिल्ला अदालतमा असोज २ गते अन्तिम सुनुवाई हुने भएको छ । अदालतले उक्त मुद्धामा पेशी तोकेकोले सुनुवाई हुने तनहुँ जिल्ला अदालतका श्रस्तेद्धार मिनबहादुर कुँवरले बताउनुभयो । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने सो दिन फैसला  आउन सक्ने बताइएको छ ।
बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा हुनुहुन्छ । गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनि  अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुरुद्ध शाह पुनरावेदन गर्न उच्च अदालत पोखरा पुग्नु भएको थियो । शाहले थुनामुक्त हुनका लागि दिएको निवेदनमा तनहुँ जिल्ला अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नेगरी दिएको आदेश कानुनसम्मत नभएको, अदालतमा रहेको मिसिल र तथ्यगत प्रमाणलाई वेवास्ता गरिएको आदि कारणबाट आफू थुनामुक्त भई साधारण तारेखमै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरिएको छ । पहिले बलात्कार गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको छ ।
शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्ने नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाह पुनरावेदन गर्न चैत १८ गते र वैशाख १३ गते उच्च अदालत पोखरा जानु भएको थियो । बलात्कारका मुद्दामा अभियुक्त बनाइएका पल शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्नु भएको छ । तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले थुनामै पठाउने आदेशविरुद्ध शाहले गत उच्च अदालत पोखरामा निवेदन दर्ता गराउनु भएको थियो  । उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button