त्रिशक्ति सामुदायिक विद्युत उपभोत्ताको भेला सम्पन्न

रमेश विकल
राम्जाकोट, भदौ ४ ।  त्रिशक्ति सामुदायिक विद्युत उपभोक्ता समितिको उपभोक्ता भेलाले नोकबहादुर विकको अध्यक्षतामा रहेको उपभोक्ता समितिलाई नै आगामि अवधिका लागि निरन्तरता दिने निर्णय गरेको छ ।
 समितिको उपाध्यक्षमा आशा साही, सचिव टेकबहादुर थापा,सहसचिव केशरबहादुर थापा तथा कोषाध्यक्ष अप्सरा भट्टराई हुनुहुन्छ । हालै सम्पन्न भेलाले समिति मार्फत ७५० घर धुरीले विद्युत उपभोग गरिरहेकोमा अव यसलाई नेपाल विद्युत प्राधिकरण मार्फतको राष्ट्रिय प्रशारण लाइनमा जोडन आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष विकले जानकारी दिनुभयो । अघिल्लो समितिले समयमा विद्युत महसुल नबुझाएर प्राधिकरणमा बक्यौता रहेको रकम बुझाए मात्र राष्ट्रियकरण गर्न सकिने प्रावधान रहेकाले उक्त बक्यौता तिर्न प्रत्येक उपभोक्ताबाट एकहजारका दरले रकम उठाउने निर्णय समेत भएको छ ।
सोही समितिले मिटर बक्स जडान गर्न प्रति घर दुइहजार एकसय रुपैयाँ उठाएको तर अझै २५१ घरले मिटर बक्स नपाएकाले उक्त रकम फिर्ता गर्न तत्कालिन समितिलाई आग्रह गर्न अन्यथा कानुनी उपचारको बाटो अपनाउने निर्णय गरेको भेलाले सम्बन्धित परिवारलाई मिटर बक्स तत्काल जोड्न आग्रह गर्ने भएको छ । विद्युत सुविधा उपभोग गरिरहेका कतिपय परिवारले महसुल तिर्न अटेरी गरिरहेकाले तुरुन्त महसुल तिर्न आग्रह गर्न यदि अटेरी गरेमा विद्युत लाईन काट्ने निर्णय समेत भएको अध्यक्ष विकले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button