व्यवसायीहरु घरदैलोमा भोट माग्न व्यस्त

तनहँु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आज २५ औं साधारण हुदै छ । शनिबार इकाईको ११ औं अधिवेशन हुने बताईएको छ । ईकाइको सभापति पदका लागि उम्मेद्धवारहरुले दौडधुप गरिरहेका छन् । अहिले दमौलीमा चुनावी माहोल ह्वातै बढेको छ । ईकाइको सभापतिको लागि चार जनाको उम्मेद्धवारी परेको छ । भुपाल आले,दधिराज घिमिरे, बिन्दुलाल श्रेष्ठ र शुकनारायण मल्लले सभापतिको लागि उम्मेद्धवारी दिएका छन् । ईकाइको सभापतिका लागि उम्मेद्धवार दिएका भूपाल आले व्यवसायीको अधिकार र हक हितको सुनिश्चितताको लागि आफूलाई जिताउन मतदतासँग आग्रह गरिरहेका छन् ।

अहिले उनि व्यवसायीको घरदैलोमा भोट माग्न व्यस्त छन् । उनले चुनावलाई आफ्नो पाटोमा पार्न निकै कसरत गरिरहेका छन । आलेले भने,‘ नविन प्रविधिको प्रयोगमा सैद्धान्तिक तथा व्यवहारीक शिक्षा प्रदान गदै व्यापार क्षेत्रमा व्यापक सुधार ल्याउँदै सुरक्षा प्रदान गर्न मेरो नेतत्वको आवश्यक छ ।’ उनले अघि थपे, ‘ कुनै पनि राजनैतिक आस्था र विचारबाट नभएर व्यवसायहरुको संस्थालाई नितान्त व्यवसायीहरुको थलोको रुपमा स्थापना गर्ने छु । ’ यता सभापतिका उम्मेद्धवार घिमिरे पनि भोट माग्नको लागि व्यवसायीको घरदैलो पुगिरहेका छन् । व्यवसायिक एकता आजको आवश्यकताको लागि आफनो नेतृत्व आवश्यक रहेको उनको भनाई छ । त्यस्तै घिमिरे, श्रेष्ठ र मल्ल पनि आफनो पाटोमा चुनाब पार्न प्रचारप्रसारमा तीव्र रुपमा लागेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button