पत्रकार महासंघको सदस्यमा गैर पत्रकारको हाबी मेयरका उमेद्धारदेखि सविंधान सभा सदस्य सम्मका मतदाता

नेपाल पत्रकार महासंघ जिल्ला शाखा तनहँुले गैर पत्रकारहरुको नाम सिफारिस गरेको पाईएको छ । यहि चैत २५ गते हुने महासंघको निर्वाचनको लागि मतदाता नामावली प्रकाशनमा गैर पत्रकारको नाम पनि भेटिएको छ । जसमा जिल्लाको स्थानिय तहको प्रमुख देखि सविंधान सभा सदस्य सम्म रहेका छन् । शुक्लागण्डकी नगरपालिकाको मेयर पदमा उमेद्धारी दिएका रामचन्द्र उपाध्याय, व्यास नगरपालिकाको मेयर पदका उमेद्धार शंखरनारायण श्रेष्ठ समेत रहेका छन् । सविधांन सभा सदस्य रामचन्द्र पोख्ररेलको नाम पनि मतदाताको नामवलीमा रहेको छ ।

व्यास ३ का वडा सदस्य रविन पौडल,व्यास ५ को वडा अध्यक्षयको उमेद्धार प्रदिपराज अधिकारी र वडा सदस्यको उमेद्धार दिएका बीबी श्रेष्ठ, व्यास १० को वडा सदस्यको उमेद्धार दिएका मदन तिमिल्सेनाको नाम समेत मतदाताको नामवलीमा रहेको छ ।पत्रकार महासंघको विधानको परिच्छेद ८ को अनुशासन र आचार सहिंतामा महासंघको सदस्यले कुनै पनि राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाउने प्रावधान रहेको छ ।

महासंघको विधानमा पत्रकारले पेशा परिर्वतन गरेको खण्डमा स्वतः सदस्यता खारेज हुने प्रावधान रहेको छ । तर जिल्लामा भने क्रियाशिल पत्रकारहरुको भन्दा गैर पत्रकारको हाबी बढी रहेको छ । नेपाली काँगे्रसबाट निर्वाचित जिल्ला सदस्य रहेका शेख मोहम्मद हनिफ,काँगे्रसका व्यास नगर समितिका सह–सचिव डम्बरबहादुर अधिकारी, काँगे्रसको व्यास ४ वडा समितिका सचिव सरोज भण्डारी, नेकपा एमालेका नेता माधव अधिकारी,गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङका स्वकीय सचिव रोमकान्त पोखरेलको नाम पनि मतदाता नामवलीमा समावेश रहेको छ ।

राजनीतिक दल तथा भातृ संगठनमा रहेका मात्र होईन सरकारी जागिर खाएकाको नाम पनि नामवलीमा रहेको छ । सरकारी कर्मचारी सुमनबन्धु भण्डारी, पुष्प आर्चाय, सामु्दायिक विद्यालयका प्र.अ मदन वाग्ले रहेका छन् । तनहँु शाखामा एक सय १६ जनाको सदस्यता रहेको छ । जसमा आधा भन्दा बढी गैर पत्रकार रहेका छन् । पत्रकार महासंघका जिल्ला सचिव उज्वल पौडेलका अनुसार एक सय १६ जना सदस्यतामा ५५ जना गैर पत्रकार रहेका छन् । उनले भने, ‘पत्रकार महासंघको सदस्यतामा विधान विपरित भएको छ ।समितिमा शुद्धीकरण हुन आवश्यक रहेको छ ।’

यता महासंघका जिल्ला अध्यक्ष ओमकार आचार्यले सर्वसम्मत रुपमा भएको निर्णयबाट पत्रकारको नविकरण भएको बताए । उनले भने,‘ महासंघले क्रियाशिल नभएको पत्रकारलाई स्वतः खारेज गर्न पहिला नै आह्वन गरेको थियो ।तर कोही पनि सम्पर्कमा नआएकाले खारेज भएको छैन् । ’ उनले अघि भने,‘ क्रियाशिल नरहेका पत्रकारले सदस्य खारेज नगरेको खण्डमा उजुरी दिन सकिन्छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button