फोहर उठाउदै ‘टिम नेपो’

पर्यटकीय स्थलको रुमा विकास हुदैँ गईरहेको व्यास नगरपालिका वडा नं ५ मानहँुकोटमा टिम नेपोले सरसफाई गरेका छन् । लकडाउन खुले सँगै आन्तरिक पर्यटक चलपहल बढेपछि जथाभावी रुपमा फोहर फाल्ने क्रम बढे पछि मानहँुको सुन्दरता घट्दै गएको थियो । मानुहँुको सुन्दरतालाई जोगाई राख्न सरसफाई गरिएको क्लबले जनाएको छ । विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेको नेपोले बुधबार विहान मानहँुमा सरसफाई कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहँु विकासमा अगाडी रहे पनि सरसफाई क्षेत्रमा पछाडी परेको बताए । उनले भने,‘यहाँ आउने पर्यटकले जथाभावी रुपमा फोहर फाल्दा मानुहँुको सौन्दयतामा ह्रास आएको छ, स्थानिय वासीले सरसफाईमा ध्यान नदिदाँ यस्तो समस्या आएको हो । ’

उनले थपे,‘यहाँको सरसफाई गर्नुपर्ने जिम्मेवारी स्थानियको हो, सचेतनाको कमिले नै जथाभावि फोहरफाल्ने क्रम बढेको हो । ’मानहँु आउने पर्यटनलाई जथाभावस् फोहर नगर्न सम्झाउन स्थानियलाई भनिएो उनले बताए ।त्यस्तै टिमको संस्थापक अध्यक्ष सुजन लौडारीले सामाजिक कार्यमा सक्रिय रहेको संस्था रहेको भन्दै सरसफाई गरिएको बताए । क्लबका अध्यक्ष गोविन्द तिमिल्सिनाको सभापत्विमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा कार्यक्रम संयोजक उमेश पौडेल,मिडिया संयोजक रुपेश पन्थले बोलेका थिए भने कार्यक्रम संचालन सचिव मिन कुवंरले गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button