‘डोजरले गर्ने काम हामीलाई दिइयोस्’

साँझ बिहान छाक जुटाउन समेत समस्या छ। घरमा खर्च जुटाउने रमेश घर्तीलाई पिरमाथि पिर थपिएको छ। ज्याला मजदुरी गर्न टाढा जान सक्ने अवस्था छैन। गाउँमा भनेको समयमा काम पाइँदैन । तर, रमेशलाई यसपाली गाउँमै काम भेटिएको छ । ग्याबिङ जाली लगाउने काममा मजदुरको रुपमा उनले काम पाएका हुन्। ‘कसरी खर्चपर्च जुटाउने समस्या छ । सधैँ काम भेटिए राम्रो हुन्थ्यो’ उनले भने ,‘यसपालि छोराछोरीलाई पढाउज खर्च जुटाउने काम भेटियो ।

गाउँमा आउने विकासको काममा डोजर होइन, गाउँका मान्छे लगाउने भए कति राम्रो हुने थियो ।’ सिन्धु मार्ग अन्तर्गत व्यास ५ पतेनीटारकोमा यस वर्षको वर्षाले गर्दा भाँसिएको थियो । यो वर्षको बजेटबाट ग्याबिङ जालीको काम गर्न स्थानीय समुदायका नागरिकलाई मजदुरको रुपमा प्रयोग गरिएको छ । व्यास नगरपालिकाले वर्षाले भत्काएको सिन्धु मार्गको मर्मत र पक्की नाली निर्माणको लागि १५ लाख बजेट विनियोजन गरेको नगरका प्रवक्ता एवंम् व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

उनले भने,‘वर्षाले धेरै क्षती पुरायो, मर्मत कार्य देखि निर्माण कार्य हुदै छ । ’ उपभोक्ता समिति मार्फत काम भईरहेको उनले बताए । ‘कोरोनाले धेरै मानिसको रोजीरोटी खोसेको छ । बाहिरबाट मजदुर ल्याउने भन्दा आफ्नै गाउँका मानिसलाई संलग्न गराएर काम गरेका छौ’ उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी पण्डितले भने, ‘काम गर्न सक्ने मान्छे सबैले काम पाए ।

केही नभएनी आफनो दैनिकी जोहो गर्न सक्ने अवस्था भयो ।’ कोरोनाका कारण गाँउ फर्किएका विश्व कुमाल भारत गएनन् गाउँमै ज्याला मजदुरी गरेर खर्च जुटाउने उनि वर्षाले सडक भाँसिएपछि मर्मत गर्ने मजदुरको रुपमा खटिएका छन् । ‘बाहिर काम पाउन गाह्रो छ । गाउँमै सधैँ काम पाउने वातावरण बनोस्। डोजरले गर्ने काम हामीलाई दिइयोस्।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button