मकैको खोसेलाबाट आर्कषण हस्तकलाका सामग्री उत्पादन

दमौली खबर संवाददाता

तनहुँ, वैशाख २९ गते

गाईवस्तुको आहारा मकैको खोसेलाबाट तनहुँका महिलाले आकर्षण हस्तकलाका सामग्री उत्पादन गर्न थालेका छन् । व्यास नगरपालिका–५ का महिलाहरुले तालिम पाएपछि उत्पादन गरेका हुन् । नगरपालिकाले उपलब्ध गराएको तालिम लिएपछि सो वडाका २५ जना महिलाले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन सुरु गरी विक्री वितरण गर्न थालेका छन् ।

स्थानीय महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका वडा कार्यालयले मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिम प्रदान गरेपछि उत्पादन गर्न थालेका हुन् । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ । एक महिने तालिमको एक कार्यक्रमका बीच व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले समापन गर्नु भयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउन नगरपालिकाले प्राथमिकता दिएको न्यौपानेले बताउनुभयो । प्लास्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण बढाउने भएकोले मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री हुने भएकोले बढी उपयोगी भएकोले यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाई थियो ।

वडा नम्बर १३मा खजुरीको पातबाट घरायशी सामग्री बनाउने तालिम प्रदान भईरहेको न्यौपानेले जानकारी दिनुभयो । भनाई उहाँको थियो । तालिमपछि महिलाले मकैको खोसेलाबाट झोला, टोपी, फूलदानी, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् । जिल्लामा घुम्न आउने स्वदेशी पर्यटक तथा दर्शनार्थीले मायाको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्बन्धित तालिम दिइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले बताउनुभयो । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ । मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा जापान, अमेरिका लगायतको देशमा विक्री गर्ने लक्ष्य राखिएको छ । यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गर्ने वडा कार्यालयले जनाएको छ ।

तालिममा क्रममा गरिएको प्रतियोगिता प्रथम हुनु भएकी निशा थापा मगरले बताउनुभयो । यस तालिमको प्रशिक्षक बनेर पनि आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उहाँले बताउनुभयो । प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तालिमको एक कार्यक्रमकोबीच बिहीबार समापन गरिएको छ । नगर प्रमुख न्यौपानेले समापन गर्नु भएको थियो । सो अवसरमा व्यास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता जीवन गुरुङ, वडा नम्बर १३ का वडाध्यक्ष वसन्त आले र कार्यपालिका सदस्य नरीमाया राना, काठमाडौं स्थित ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गै¥हे लगायतले युवाहरु विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्यमशिलताको क्षेत्रमा स्थानीय स्रोत र साधनका अधिकतम उपयोग गरी बजारको वृद्धि गर्न जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । तालिममा सहभागी तथा प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगर प्रमुख न्यौपाने र वडाध्यक्ष श्रेष्ठले सयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रतियोगितामा निशा थापा मगर प्रथम, केशमाया थापा द्धितीय, सुमित्रा थापा तृतीय हुनु भएको थियो । टोपीको रु एक हजार दुई सय, झोलाको रु नौ सय निर्धारण गरिएको छ । वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउन तालिम प्रदान गरिएको समापनको अवसरमा बताईएको थियो ।

प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशीला बराई मगरले बताउनुभयो । “प्रशिक्षार्थीको जोश र प्रेरणाले सिकाउन सहज भएको छ”, उहाँले भन्नुभयो । बीस दिनको सिकाइ प्रशिक्षक बन्नुभएकी प्रशिक्षक मगरले प्युठान, गुल्मी, पाल्पा र कञ्चनपुरसम्म पुगेर प्रशिक्षण दिँदै आउनुभएको छ । स्वदेशमा घरेलु कच्चा पदार्थबाट बनेका टोपी, झोलाको माग भए पनि देशमा डलर सञ्चितिका लागि टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई प्राथमिकता दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरा, काठमाडौँलगायतका पर्यटकीय क्षेत्रबाट स्थानीय कच्चा पदार्थबाट बनेका वस्तुको माग भए पनि पूर्णरूपमा उत्पादित वस्तु विदेश पठाउने गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button