बोटेले काली माता र शिवको मूर्ति फेला पारेपछि हेर्नेको घुइचो

दमौली खबर संवाददाता

दमौली, वैशाख २९

तनहुँको व्यास नगरपालिका १० स्थित सुरेश बोटेले माछा मार्ने क्रममा कालीमाता र शिवको मूर्ति फेला परेको स्थानमा हेर्न आउनेको घुईचो लागेको छ । २५ वर्षीय बोटेले ति मूर्ति फेला पारेपछि गाउँलेहरु समेत आश्चर्यमा परेका छन् । त्यतिको ठूलो मूर्ति नदीमा कसरी फेला परेको हो उनीहरुले जिज्ञासा समेत गरेका छन् ।

बोटेले २५ किलोको काली माता र शिवको मूर्ति फेला पार्नु भएको हो । मादी नदीमा माछा मार्न क्रममा उक्त मूर्ति भेटिएपछि उहाँ समेत अचम्ममा पर्नु भएको छ । भेटिएको मूर्ति उहाँले घर राख्नु भएको छ । ति बोटेले फेला पारेको कालीमाता र शिवको मूर्ति हेर्न घुइचो लाग्ने गरेको वडा सदस्य इश्वर पौडेलले जानकारी दिनुभयो । चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गोकुल थापाले सुरेश बोटेको तस्विर र शिलालेख सामाजिक संजालमा राखेपछि मूर्ति हेर्नेको ओइरो लागेको बताउनुभयो । देवीदेवताको मूर्ति भेटिएपछि त्यसको संरक्षण गरी पूर्जाअर्चना गर्ने गाउँलेहरुले बताएका छन् । मन्दिर बनाएर प्राण प्रतिष्ठा गर्ने योजना स्थानीय बासिन्दाको रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button