मग्याम चिसापानी स्वास्थ्य चौकीको स्तरोन्नती सुरु

स्याङजाको हरिनास गाउँपालिकामा मग्यास चिसापानी स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाईने भएको छ । स्थानिय तहका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन ३ सय ९६ स्थानिय तहमा ५ देखी १५ शैय्याको अस्पताल बनाउने संघिय सरकारको निती अनुसार स्वास्थ्य चौकीलाई स्तरोन्नती सुरु भएको हो । मग्याम चिसापानीमा रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्नलाई बनाईने नयाँ संरचनाको सोमबार संघिय सांसद नारायणप्रसाद मरासिनीले शिलन्यास गरे । उनले सरकारको ऐतिहासिक कदमका कारण सबै स्थानिय तहमा अस्पताल बन्न लागेको बताए । सामान्य रोगको पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने जनताको अवस्था अब विस्तारै अन्त्य हुने उनको विश्वास छ । हरिनासको समग्र बिकासमा निम्ती आफुले सक्दो पहल गरिरहेको उनले जनाए ।

हरिनासबासी नजिकै अस्पताल नहुदाँ सामान्य बिरामी हुदाँ समेत उपचारका लागी तनहुँको साँखे, दुलेगौँडा र कास्कीको पोखरा धाउनुपर्ने बाध्यता छ । हरिनासस्तरिय अस्पताल १७ रोपनी क्षेत्रफलमा फैलनेछ । यसअगाडी स्वास्थ्यचौकीसंग ८ रोपनी जग्गा थियो । बाँकी ९ रोपनी जग्गा खरिदका लागी यहाँका स्थानिय आमा समुह, युवा क्लब, सामुदायिक वन, हरिनास सहयोग समाज कतार इकाई लगायतका संघसंस्थाले सघाएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताईन् । उनका अनुसार नयाँ बन्ने भवन दुई बर्षमा सक्ने गाउँपालिकाको लक्ष्य छ ।

अस्पतालका लागी संघिय सरकारले करिब १८ करोड रुपैयाँ लगानी गर्नेछ । चालु आर्थिक बर्षमा पहिलो किस्ताबापत गाउँपालिकालाई तीन करोड २३ लाख ३० हजार रुपैयाँ आईसकेको छ । ‘दोस्रो किस्ताका लागी बजेट गरिसकिएको छ’, उपाध्यक्ष पराजुलीले भनिन् । गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा प्रदेशसभा सदस्य दिपक चर्ती मगर, मिनप्रसाद गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button