रास्वपाले आज शुक्लागण्डकीमा सभा गर्ने

दमौली खबर संवाददाता

दमौली, असोज २२

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं २ द्वारा आज सोमबार शुक्ला गण्डकीमा क्षेत्रीय विशाल खुल्ला सभा गरिने भएको छ ।

उक्त सभामा रास्वपाका सभापति रवि लामिछाने, नेता डा. स्वर्णीम वाग्ले लगायतले सम्बोधन गर्ने जिल्ला सह संयोजक सूर्यमणि पौडेलले जानकारी दिनुभयो । सभा विहान ८ बजे हुने जनाईएको छ । यसै गरी कास्कीको माछापुच्छ्रे गाउँपालिका भेला पनि रास्वपा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आजै सोमबार दिउँसो २ः४५ बजे माछापुछ्र्रे लाहाचोक सभा हुने रास्वपाले जनाएको छ । सो कार्यक्रममा सभापति लामिछाने, नेता वाग्ले, सांसदद्धय शिव नेपाली, राजन गौतम लगायतले नेताहरुले मन्तव्य दिनु हुनेछ ।

Show More

Related Articles

Back to top button