ऋषिङ्गमा बिज्ञान मेला २०८० सम्पन्न

दमौली खबर संवाददाता

दमौली, असोज २२
११ औं राष्ट्रिय बिज्ञान दिवस–२०८० को सन्दर्भमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलिस्थित आदिकबी भानुभक्त क्याम्पसले विज्ञान मेला–२०८० सम्पन्न भएको छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विज्ञान मेला–२०८० ले ऋषिङ्गले प्रबिधिको बिकास तर्फ मार्गदर्शन गर्दै आम बिद्यार्थिका भावनाहरुलाई साक्षात्कार बन्ने अवसर प्रदान गरेको बताउनुभयो ।
आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मेलाले क्याम्पसका बिद्यार्थिहरुका लागि प्रविधी बिकासको आधारभुत सिकाईका कार्य गर्ने र ऋषिङ्गमा प्रबिधिको बिकाससँगै यसका प्रचारमा क्याम्पस सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो र मेलामा विज्ञान सामाग्री प्रदर्शनी तर्फ शिव सरस्वती मावि. , बक्तृत्वकला तर्फ सरस्वती आधारभुत र चित्रकला तर्फ दिपक मावि सर्वोकृष्ट भएका थिए ।

क्याम्पसका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चीन बहादुर रानाभाट, शिव सरस्वती मा.बि.का अध्यक्ष दान बहादुर श्रेष्ठ, क्याम्पस संचालक समिती सदस्य मोहन गिरी लगातले शुभकामना मन्तव्य दिनु भएको थियो भने कार्यक्रमको शान्ती माविका प्रधानाध्यापक ऋषिराम रानाभाटले सहजीकरण गर्नु भएको थियो ।

Show More

Related Articles

Check Also
Close
Back to top button