म्याग्देकी १०० वर्षे आमालाई घरमै पुगेर कोभिड खोप

दमौली खबर संवाददाता
दमौली, असोज ६ । तनहुँमाको म्याग्दे गाउँपालिकामा १०० वर्षिय आमालाई घरमै पुगेर कोभिड रोग विरुद्धको खोप लगाईएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा कोभिडको बिहीबार फाईजर खोप दिईएको हो ।
 शिविरको तेश्रो दिन म्याग्दे–२,को ऋषीथुम भैसीखर निवासी १०० वर्षको धनमायापरियारलाई कोभिडको दोश्रो चरणको खोप लगाईएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख तिलब पौडेलले जानकारी दिनुभयो  । यसैगरि शिविरवाट अशक्त भएर चल्न नसक्ने अवस्थामा रहनु भएका सोही ठाउँ निवासी वर्ष ६९ को शेरवहादुर श्रेष्ठलाई घरमा गएर कोभिड खोप लगाईएको छ । पालिकाको आयोजनामा भएको शिविरमा तेश्रोे दिनसम्म ३८३ जनाले कोभिड विरुद्धको फाईजर खोप प्रदान गरिएको उहाँले जानकारी दिनुभयो  ।
 ४८ जनाले पहिलो मात्रा, ३३ जनाले दोश्रो मात्रा तथा ३०२ जनाले तेस्रो÷बुष्टर मात्रा खोप सेवा प्रदान गएिको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचयपत्र वितरण, योजना सम्झौता, पञ्जिकरण सुविधा प्रदान गरिएको छ । यस्तै स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको यहि असोज २ गतेबाट सुरु गरिएको शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ । ग्रामिण भेगका बासिन्दालाई सहज रुपमा सेवाको पहुँच पु¥याउने उद्धेश्यले घुम्ति सेवा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । घरदैलोमा नै सेवा पाउँदा म्याग्दे गाउँपालिकाबासी खुुसी भएका छन् । जनताको चाहाना अनुसार आगामी दिनमा पनि यस्ता शिविरलाई निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button