जिपी कोइरालामा पत्थरीको शल्यकृया सफल

दमौली खबर संवाददाता
दमौली, असोज ६ गते । तनहुँमै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्यकृया भएको छ ।  शुक्लागण्डकी नगरपालिकाको  दुलेगौडामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा बिहीबार शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक सम्पन्न गरिएको हो ।
 सर्जन डा.परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा.रमेश घिमिरे, डा. अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यकृया गरेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘पहिलो पटक ‘मेजर अप्रेसन’ सफलता पुर्वक सम्पन्न भएकोले खुसी भएका छौ’ निर्देशक डा. श्रेष्ठले भन्नुभयो  । सफल भएकोले दैनिक रुपमा शल्यकृया सेवा प्रदान गरिने केन्द्रले जनाएको छ ।
     केन्द्रका अनुसार विरामी गाहामगरको पित्त थैलीको शल्यकृया गर्ने क्रममा अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत रिना पौडेल,स्टार्फ नर्सहरु दिल कुमारी भुजेल,सृजना कुँवर,पुजा थापा, एलिसा थापा,रीता श्रेष्ठ, सुस्मिता महत सहयोगीमा दिलबहादुर विष्ट, शन्तुमाया ढुङ्गाना र नवराज पौडेलको टोली रहेको थियो । केन्द्रले २०७३ साल साउन देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँ,लमजुङ्ग,पाल्पा,स्याङजा,नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेको अस्पतालका लेखा अधिकृत बासुराज दाहलले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button